NOW PLAYING..

आधुनिक गित

UP NEXT....

नया“ पप गित

हाम्रो बारेमा

‘गणतन्त्र एफ.एम. ९५.१ मेघाहर्ज’ एक ऐतिहासिक एवम पूर्वको पहिलो सामुदायिक रेडियो हो । उदयपुरको कमेरेडा“डाबाट २०६० साल कार्तिक महिनामा तत्कालीन ने.क.पा(माओवादी)को अध्यक्ष पुष्पकमल दाहाल (क.प्रचण्ड)द्वारा माओवादी जनयुद्धकालीन परिस्थितिमा देश व्यापीरुपमा सञ्चारक्षेत्रमा पनि पहलकदमी र संस्थागत गर्नको निम्ति जनगणतन्त्र एफ.एम.को नाममा उद्घाटन गर्नु भएको थियो ।  
        तत्कालीन शाहीसत्ताको भीषण दमन र आक्रमणको प्रतिरोध गर्दै यसले न्याय स्वतन्त्र र जनपक्षिय सञ्चारको भूमिका निर्वाह गर्ने क्रममा पूर्वका विभिन्न स्थानमा अस्थायी स्टेशन स्थापना गरेर प्रशारण गर्दै आएको थियो । नया“ परिस्थिति २०६४ सालबाट जनसञ्चार केन्द्र नेपालद्वारा जनगणतन्त्र एफ.एम.लाई जनसमुदायमा हस्तारण गरी पूर्वकै पहिलो सामुदायिक एफ.एम.को रुपमा ‘गणतन्त्र एफ.एम. ९५.१ मेघाहर्ज’ संस्थागत गरी थप विकास र निरन्तरता दिने निति लिइयो ।
       शुरुवात देखि नै धरान स्थित स्टुडियो र धनकुुटा जिल्ला र मोर¨ जिल्लको सिमनामा रहेको २३०० मिटर अग्लो ओख्रे डा“डा स्थित रहेको रिपिटर टवारबाट एकै साथ प्रशासन सेवा प्रदान गर्दै आएको छ । नेपालको पूर्वी भेगका १६ वटै जिल्लाको भुभाग साथै छिमेकी देश भारतको सिमावर्ती क्षेत्रमा समेत यसको प्रसारण सेवाको पहू“च रहेको जानकारी गराउ“छौ । सञ्चारको शक्ति, सञ्चार स्वतन्त्रता र कर्तव्यलाई गणतन्त्र एफ.एम. ९५.१ मेघाहर्जले जिम्मेवारी लिदैं  आएको छ । निरन्तर रुपमा निश्पक्ष, स्वतन्त्र  ताजा समचार तथा सुचना एवम विविध, समावेशी, लोपन्मुख संस्कार र संस्कृतिको जर्गेना एवम आवाज बुलन्द गर्दै लाखौ श्रोता माझ विशाल र  छुट्टै  पहिचान बनाउन सफल भएको छ । यसले राष्ट्रकौ जिम्मेवार सञ्चार संस्थाको रुपमा भूमिका खेल्दै आएको कुरा स्मरण गराउछौं ।