NOW PLAYING..

गणतन्त्र खवर

UP NEXT....

क्रान्तिकारी गीत

धरानका पत्रकार गिदोन लामिछाने अभिनन्दीत

धरानका पत्रकार गिदोन लामिछाने अभिनन्दीत

गोपाल कामत पौष २३
विगत १६ वर्षदेखि नेपाली साहित्य र पत्रकारिताको क्षेत्रमा योगदान गरेको भन्दै पुर्वेली इसाई साहित्य कला उत्थान संघले धरानका पत्रकार गिदोन लामिछानेलाई अभिनन्दीत गरेको छ ।
झापाको का“कडभिट्टामा साहित्य कला उत्थान संघले गत पुष २१ गते बृहत कार्यक्रमको आयोजना गरी अभिनन्दन तथा सम्मान गरेको हो ।
समारोहमा वरिष्ठ पत्रकार डा.एडोन रोङगोङको बाहुलीबाट लामिछानेलाई दोसल्ला ओढाएर अभिनन्दन गरिएको हो भने सम्मान पत्रले समेत सम्मान गरिएको छ ।
साहित्यकार तथा पत्रकार गिदोन लामिछानेले विभिन्न उपनाममा हालसम्म आधा दर्जन पुस्तक प्रकाशन गर्नुका साथै हजारौं लेख रचना प्रकाशन गर्नुभएको छ ।
उहा“ले २०५६ सालदेखि पत्रकारिता क्षेत्रमा कलम चलाउदै आउनु भएको छ भने २०५८ सालमा ‘साथी’ नामक कविता संग्रह प्रकाशन गर्नुभई नेपाली साहित्य क्षेत्रमा प्रवेश गर्नुभएको हो ।
त्यसका अलवा विभिन्न साहित्य तथा पत्रकारिता क्षेत्रका दर्जनौं संघ संस्थामा रहेर काम गर्दै आउनु भएको छ । सो को मूल्याङकन गर्दै अभिनन्दन तथा सम्मान गरिएको साहित्य कला उत्थान संघका अध्यक्ष साधुकुमार फेजोङले जानकारी दिनु भएको छ ।
अभिनन्दन तथा सम्मान समारोहमा भारतीय बरिष्ठ साहित्यकार गहर उदासी, धु्रर्व शिष्य लगायतका साहित्यकारहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।
समारोहलाई सञ्चालन गर्दै पत्रकार मद खुदाङले नेपालमा नै महत्वपूर्ण योगदान पु¥याउने स्रष्टा तथा सर्जकलाई सम्मान गरेर नव स्रष्टाहरुलाई उत्साह दिन कार्यक्रमको आयोजना गरिएको बताउनु भएको छ । सोही समारोहमा गायक भक्त भण्डारीलाई पनि सम्मान गरिएको थियो ।
भण्डारीले नेपाली सांगितिक क्षेत्रमा दर्जनौं एल्बम् निकाल्नुका साथै सयौं गित भजनको रचना गर्नुका साथै संगित समेत गर्नुभएको छ ।
अभिन्दन पछि मन्तव्य राख्नु हु“दै साहित्यकार तथा पत्रकार गिदोन लामिछानेले थप जिम्मेवारी बढेको चर्चा गर्नुभएको छ ।
उहा“ले अहिले सम्मान पाउने र दिने कुरा क्रयविक्रयमा परिणत भइरहेको सन्दर्भमा आफुलाई निस्पक्ष र निस्वार्थ रुपमा अभिनन्दन गर्दा हर्षले विभोर भएको बताउनु भयो । उहांले आफुले गरेका समस्त कार्यहरु मान सम्मान पाउन नभई कर्तव्य सम्झेर गरिरहेको अवस्थामा अभिनन्दन र सम्मान गरिदा आभारी भएको बताउनु भयो । समारोहमा नेपाल तथा भारतका साहित्यकार, पत्रकार, कलाकार र अन्य अतिथिहरुको सहभागिता रहेको थियो ।
पत्रकार लामिछाने नेपाल ख्रिष्टियन पत्रकार संघका केन्द्रिय अध्यक्ष हुन ।