NOW PLAYING..

नेपाली गजल

UP NEXT....

हेल्लो तराई

द आर्ट अफ लिभिङ्घ धरान च्यापटरद्धारा नवचेतना र बाल चेतना सिबिर सम्पन्न ।

द आर्ट अफ लिभिङ्घ धरान च्यापटरद्धारा नवचेतना र बाल चेतना सिबिर सम्पन्न ।

गोपाल कामत धरान माघ ६
सामाजमा बिभिन्न सामाजकि कृयाकलाप गर्दै आएको संस्था द आर्ट अफ लिभि¨ धरानले छुट्टाछुटै दुई स्थानमा नवचेतना तथा बाल चेतना सिबिर सम्पन्न गरेको छ ।
५ बर्षदेखी कबिर ६५ बर्षसम्म उमेरका सर्वसाधारणहरुको सहभागीतामा सो सिबिर सम्पन्न गरेको सिबिरकी प्रशिक्षकद्धय आस्था पुडासैनी र अनुसुøया ज्ञवालीले जानकारी दिईन ।

धरान १२ स्थित चतरा लाईनमा संस्थाका स्यमसेवक अजीत कुमार ठाकुरको अगुवाईमा प्रशिक्षीका आस्था पुडासैनीले प्रशिक्षीत गर्नु भएको थियो भने धरान ३ सरस्वती बाल आश्रममा अनुसुøया ज्ञावलीले प्रशिक्षीत गरेकी थिईन ।

दुबै स्थानमा गरि करिब ५० जनाको हाराहारीमा सम्पन्न सो सिबिरमा बालबालिकाहरुको लागी छुट्टै प्रकारका खेलकुद मार्फत प्रशिक्षत  गराईएको थियो ।

त्यस्तै धरान चतराराईन स्थित गराईएको नव चेतना सिबिरमा ध्यान प्रणयाम,भस्त्रीका,लगायतका प्रकृया मार्फत सिबिर चलाईएको संस्थाका स्वयम सेवक जनक खडकाले जानकारी दिनुभयो ।

मानव जीवनका जीउने कला सिकाईने कार्यक्रम अन्र्तगत गरिने यस्ता खालको कार्यक्रमले हरेक मानवको स्वास्थ्यमा लाभ हुने खडकाले जानकारी दिनुभयो ।

केटाकेटी उमेरदेखीनै सरसफाइमा ध्यान नदिदा बिभिन्न खाले रोगको महामारी फैलिने तथा त्यस्ता रोगहरु फैलिनबाट बचाउन सकिने उपाएहरुको बारेमा बिशोष जानकारी गराईएको बालचेतना कार्यक्रमकी प्रशिक्षिका अनुसुøया ज्ञावलीले बताईन ।
उनले समाज परिबर्तनका माध्ययमको एक कडीको रुपमा रहेको द आर्ट अफ लिभि¨ले समाज परिबर्तनमा योग प्रणायाम ध्यान,सेवा साधानाका माध्यममबाट बिशोष भुमिका खेल्न सक्ने संस्थाको रुपमा रहन सक्ने बताईन ।