NOW PLAYING..

डायल एण्ड फर्माइस

UP NEXT....

गणतन्त्र खवर

चलचित्र ‘मंगलम’ आउ“दो फागुन २५ गतेदेखि लाग्ने ।।

चलचित्र ‘मंगलम’ आउ“दो फागुन २५ गतेदेखि लाग्ने ।।
 
भरतराज शर्मा(गोपाल)धरान,सुनसरी ।।
 
नेपाली कथानक चलचित्र ‘मंगलम’ यही आउ“दो फागुन २५ गतेदेखि नेपालअधिराज्य भरी प्रदर्शनमा आउने भएको छ ।
 
छविराज प्रोडक्सन र सिल्पा पोख्रेलको व्यानरमा निर्माण भएको मंगलम चलचित्र फागुन २५ गतेदेखि आउने भएपछि चलचित्रका सम्पुर्ण युनिट टिम प्रचार प्रसारको क्रममा पुवीै नेपालकमा रहनु भएको छ ।
 
मंगलमले शुभ कार्य गरेको संकेत गर्दै युनिट टिम आज शनिवार सुनसरीको धरान ९ स्थित हाङकुक कोरीयन रेष्टुरेन्टमा पत्रकार सम्मेलनको आयोजना गरि चलचित्रको बारेमा जानकारी गराएका हुन ।
 
नवल नेपालको निर्देशनमा तयार भएको चलचित्रमा शिल्पा पोख्रेल, पुष्प खड्का, पृथ्वीराज प्रसाइ, मिथिला शर्मा निर शाह र सामाज्ञी राज्य लक्ष्मी शाहको मुख्य भूमिका रहेको चलचित्रका निर्देशक नवल नेपालले जानकारी गराउनुभयो ।
 
‘पर्ख पर्ख मायालु ’ बोलको गीतले सर्वा्धिक चर्चा कमाई सकेको कलाकार निर्माता ओझाले पत्रकार सम्मेलनमा बताउनुभयो । मंगलम चलचित्रमा माया प्रेमका कुरामा बढि जोड दिएको समेत निर्दैशक नवल नेपालले बताउनुभएको छ । 
 
 
 
आफना सवै रहर मारेर जिवन जिउन जति दुख हुन्छ सुख पनि त्यसै भित्र पाईन्छ भन्ने र खाली मान्छेको मन हुनपर्छ भन्ने सारका साथ यस चलचित्रलाई बढि जोड दिइएको कार्यकारी निर्माता छविराज ओझाले बताउनुभयो । 
 
चलचित्रले जिन्दगीको अप्ठ्यारोमा किनारामा बाचेको त्यो मान्छेलाई सहयोग गर्दा पुण्य मिल्ने जस्ता भुमिकालाई मुख्य उद्देश्यका साथ राखिएको निर्माता ओझाले बताउनुभयो ।
 
दिजेन्द्र शाक्य, साकार ओझा, र ओम गुरुङले संयुक्त मंगलम चलचित्र निर्माण रहेका हुन । 
 
चलचित्रमा कथा पटकथा गोविन्द फुयालको रहेको छ भने छायाङकन विष्णु घिमिरेले गर्नुभएको छ । नृत्य निर्दैशन कविराज गहतराजको रहेको छ भने संगित दिपक शर्मा र सम्पादन मित्रदेव गुरुङले गर्नुभएको छ । 
 
करिब ४० दिन लगाएर काठमाण्डौको आसपासमा छायाङकन गरिएको चलचित्रको लागत भने डेढ करोड रहेको निर्माता छविराज ओझाले बताउनुभयो ।