NOW PLAYING..

गणतन्त्र खवर

UP NEXT....

कृषि कार्यक्रम

किरात राई यायोख्खाद्धारा मुख्यमन्त्रीलाई सम्मान

किरात राई यायोख्खाद्धारा मुख्यमन्त्रीलाई सम्मान
भरतराज शर्मा(गोपाल) धारान,सुनसरी ।। 
 
 
किरात राई यायोख्खा सुनसरीको १४ औ साधारणसभाका अवसरमा मुख्यमन्त्री शेरधन राईलाई सम्मान  गरेका छन ।
 
विगतदेखि आफनो भाषा, संस्कृति र पूर्वका १६ जिल्ला किरात राज्य हुनुपर्ने माग राख्दै आन्दोलित हुदै आएका उनीहरुले प्रदेश न ं. १ मा मुख्यमन्त्रीका रुपमा आफ्नै समुदायका शेरधन राई निर्वा्चित भएपछि अब आफूहरुको माग पुरा हुनेमा विश्वास व्यक्त गर्दै सम्मन गरेका हुन ।
 
धरान १० स्थित किरात यायोख्खा कार्य सुनसरी जिल्ल कार्य समितिको सभाहलमा गरिएको कार्यक्रममा बोल्दै विशेष अतिथिका रुपमा पाल्नु भएका किरात राई यायोख्खाका केन्द्रीय अध्यक्ष तिलक राईले प्रदेश प्रमुखका रुपमा आफनै समुदायबाट प्रदेश नं. १ को मुख्यमन्त्री निर्वा्चित भएका कारण अब किरातहरुको माग प्रति सरकार गम्भीर हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
 
उहाले पञ्चायतका लीन अवस्थादेखि नै आफनो अस्तित्वका लागि किरात राईहरुले ठूलो संघर्ष गरेको बताउदै प्रदेश नंं १ को नामाकरणका क्रममा किरात राज्य हुनेमा विश्वास समेत व्यक्त गर्नुभयो ।
 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा मुख्यमन्त्री शेरधन राईले आफू भोजपुरको गरिब किसान परिवारमा जन्मेको साधारण व्यक्ति भएको र प्रदेश नं. १ को मुख्य मन्त्री भएको हुदा काधमा जिम्मेवारी थपिएको बताउनुभयो । 
नेपालमा संघीयता कार्यान्वयनसंगै मुलुक अब समृद्धतर्फ उन्मुख भएको र सर्वसाधारणको जनताको छोरा पनि नीति निर्माणमा संविधानमा उल्लेख भएका कारण अब सबै मिलेर यहाका सबै जातजाति, वर्ग, समुदायको पहिचान र अस्तित्व बचाउनका लागि लाग्नुपर्नेमा जोड दिनुभयो ।
 
पूर्व सञ्चारमन्त्री समेत रहनु भएका मुख्यमन्त्री राईले आफनो कार्यकाल प्रदेश नं. १ को सम्बृद्धिका लागि खर्चिने बताउनुभयो ।
किरात राई यायोख्खा सुनसरीको भवनमा भएको १४ औं साधारणसभामा बोल्ने अधिकांश वक्ताहरुले भोजपुरमा जन्मेका किसानका छोरा त्यसमाथि पनि राई समुदायबाट मुख्यमन्त्री भएकोप्रति खुशी व्यक्त गरेका थिए ।
 
किरात राई यायोख्खा सुनसरीकी अध्यक्ष कमला राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री राईलाई प्रशंसापत्र सहित राई संस्कृति अनुरुप टाउकोमा पगरी लगाइ दिएर सम्मान गरिएको थियो । 
यायोख्खा सुनसरीका सचिव हिन्दुहाङ्ग राईले सञ्चालन गर्नुभएको सो कार्यक्रममा यायोख्खा सुनसरीका पूर्व अध्यक्ष एवम् केन्द्रीय सदस्य शुभचन्द राईले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो ।