NOW PLAYING..

आस्थाको स्वरहरु

UP NEXT....

गणतन्त्र खवर

सुनसरीको भरौलमा भरौल गोल्डकप फुटबल प्रतियोगिता हुने ।

सुनसरीको भरौलमा भरौल गोल्डकप फुटबल प्रतियोगिता हुने ।
भरतराज शर्मा(गोपला)भरौल,सुनसरी फागुन २० ।
 
ग्रामीण स्तरमा रहेका खेलकुदलाई उर्वर बनाउन तथा अन्र्तराष्ट्रिय स्तरमा चिनाउने उदेश्यले न्यु स्टार क्लबको आयोजनामा सुनसरीको बराहक्षेत्र नगरपािलका  ५ मा तेश्रो आमन्त्रीत भरौल गोल्डकप फुटबल प्रतियोगिता फागुन २६ गतेदेखि चैत ३ गते सम्म हुने भएको छ  
आयोजक न्यु स्टार क्लबले आफनै सचिवालय बराहक्षेत्र ५ भरौलमा आईतवार पत्रकार सम्मेलनको आयोजना गरी सो प्रतियोगीता गर्न लागेको क्लबका अध्यक्ष भेषराज कार्कीले जानकारी दिनुभएको छ । 
प्रतियोगितामा हालसम्म ८ टिमको सहभागिता निश्चित भइसकेको   कार्कीले जानकारी दिनुभएको छ । 
जसमा आयोजक न्यु स्टार क्लब भरौल,बिर्ता युनाईटेड क्लब झापा,मोरङ युनाईटेड क्लब मोरङ,राष्ट्रिय जागृती क्लब ईटहरी,रेड हर्स क्लब ईलाम,बराह टे«निङ सेन्टर बराह,कंचनजंघा एकेडेमी भारत  र चर्च ब्वाईज क्लब काठमाडौको सहभागीता रहनेछ । 
नकआउट आधारमा हुने प्रतियोगितामा शीर्ष चार स्थान हात पार्ने टिमहरु बिच प्रतिष्पर्धा गराई अन्तीम दुई टोली बिचको फाईलन खेल चैत्र ३ गते हुनेछ ।
खेलमा प्रथम हुने टीमले नगद २ लाख टर्फी,मेडल तथा प्रमाणपत्र दोश्रो हुने टीमले  नगद १ लाख टर्फी,मेडल तथा प्रमाण पत्र गर्नैछन भने सर्वात्कृष्ट खेलाडीले नगद १५ हजार,सर्वाधिक गोलकर्ताले १० हजार, तथा राईजिङ प्लेअरले नगद ५ हजार प्राप्त गर्नैछन । 
करिब २३ लाखको लागतमा हुन लागेको प्रतियोगीताका सम्पुर्ण खेलहरु बराह नगरपालिकाको भरौल निर्माणधिन रंगशालामा खेलाइने छ ।
 
सोही पत्रकार सम्मेलनमा आयोजकका सदस्य तथा सुनसरी जिल्ला खेलकुद बिकास समितिका महासचिव जीवन विष्टले फुटबल खेलको विकासको लागि वातावरण निर्माण गर्न, स्थानीय, क्षेत्रीय, राष्ट्रियस्तरका फुटबल प्रतियोगिता निरन्तर सञ्चालन गर्न, फुटबल खेलाडी तथा खेलप्रेमीहरुलाई संगठित गर्ने, नवप्रतिभाहरुलाई अवसर प्रदान गर्न प्रतियोगिताको आयोजना गरिएको जानकारी दिनुभएको छ ।
यस प्रतियोगिता बाट बराह नगरपालिकालाई फुटबल खेलकै माध्यमबाट परिचित गराउने, फुटबल प्रशिक्षण सञ्चालन गर्ने, युवाबहरुलाई सक्षम र अनुशाषित नागरिकका रुपमा रुपान्तरण गर्दै राष्ट्रि टिममा बराहका युवाहरुलाई उपस्थित गराउने र आगमी दिनमा सार्क राष्ट्र भित्रका उत्कृष्ट टिमहरुलाई सहभागी गराई अन्तर्रा्ष्ट्रिय फुटबल प्रतियोगिता सञ्चालन गर्ने उद्देश्य रहेको समेत आयोजकले जनाएको छ ।’
क्लबले यसअघि २ वटा प्रतियोगिता सम्पन्न गरिसकेको छ भने दुईबटै प्रतियोगीताको टर्फी समेत आयोजक आफै अचाल्न सफल समेत भएको छ  
तेश्रो अन्तर्रा्ष्ट्रिय आमन्त्रित भरौल गोल्ड कप फुटबल प्रतियोगितालाई सफल पार्न र बराहक्षेत्रलाई खेलकुदको नगरका रुपमा विकास गर्न १ करोडभन्दा बढि रकम विनियोजन गरिएको बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ का अध्यक्ष राजु अधिकारीले बताउनुभएको छ । त्यसैगरी खेलकुद स्वास्थ्यका लागि र राष्ट्रका लागि समेत आवश्यक भएकाले फुटबल खेललाई महत्वका साथ हेरिएको बराहक्षेत्र नगरपालिका वडा नम्बर ४ का अध्यक्ष तथा पूर्व राष्ट्रिय कृतिमानी धावक आशाराम चौधरीले बताउनुभयो । 
फुटबल खेलका लागि अन्तर्रा्ष्ट्रिय मापदण्ड पुरा गरेको भरौलको खेल मैदानमा १ हजार जना दर्शकले दैनिक खेल हेर्ने अपेक्षा गरीएको आयोजक क्लबका सदस्य  सुमन मेहताले जानकारी दिनुभएको छ ।