NOW PLAYING..

नेपाली गजल

UP NEXT....

हेल्लो तराई

प्रदेश नं १ को प्रादेशिक महोत्सव सुनसरीको धरानमा सम्पन्न

प्रदेश नं १ को प्रादेशिक महोत्सव सुनसरीको धरानमा सम्पन्न
भरतराज शर्मा(गोपाल) धरान,सुनसरी फागुन २१ 
 
सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा फागुन  ११ गतेदेखि जारी प्रादेशिक महोत्सव–२०७४ सम्पन्न भएको छ ।
 
सोमवार विशेष कार्यक्रमको आयोजना गरी महोत्सवको समापन गरिएको छ ।
 
महोत्सव समापन समारोहका प्रमुख अतिथि ज्ञ नं प्रदेशका सभामुख  प्रदिप भण्डारीले १ नं प्रदेशले कच्च पदार्थ उत्पादन गरेको बस्तुलाई बजारी करण गर्न जरुरी रहेको बताउनुभएको छ । 
 
प्रदेश नाम तथा राजधानीका सवालमा थुप्रै बहस र छलफल भएको भए पनि एउटा ठाउमा प्रदेशको राजधानी बन्दैमा अन्य ठाउ“मा विकास नरोकिने उनले उल्लेख गरे । 
प्रदेश १ न क्षेत्रको आर्थिक विकासका लागि आफूले सक्दो प्रयास गर्ने उनको भनाइ थियोे ।
 
सो अवसरमा बाणिज्य मन्त्रालय ब्यापार तथा पबद्र्धन केन्द्रका कार्यकारी प्रमुख सरद बिक्रम राणले राज्यले निजीक्षेत्रलाई प्रोत्साहन गर्न नसकेको बताए । 
 
लगानीमैत्री वातावरणको खाँचो रहेको औल्याउँदै राणले अब बन्ने सरकारले स्थिरताको वातावारण सृजना गर्नुपर्ने बताए । आयोजक सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवम् मूल आयोजक समितिका संयोजक राजेन्द्र  शाहले महोत्सव उत्साहजनक तरिकाले सम्पन्न भएको बताए ।
 
महोत्सवको लक्ष्यलाई पूरा गरिछाड्एको र महोत्सव बारेमा भएको कमी कमजारीका बारेमा समिक्षा गर्नै उनको भनाइ थियोे । 
 
सो अवसरमा महोत्सव कार्यान्वयन समिति, विभिन्न उपसमितिका संयोजक, सदस्य एवम् पाहुनालाई मायाको चिनो दिइएको थियो भने कार्यक्रममा चर्चित नायिका कलाकार तथा निर्दैशक पुर्वैली चेली दिपा श्री निरौला र छमछमी उपबिजेता धरान १५ कि मनिता राईलाई सम्मान समेत गरिएको थियो ।