युएन कलेजद्वारा उत्कृष्ट दुई विद्यार्थीलाई सम्मान
गणतन्त्र खवर, श्रावण ११, धरान । धरान-१६ स्थित युएन कलेजले आफ्ना दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ । प्रतिभावान विद्यार्थी प्रशन श्रेष्ठ तथा कविता प्रतियोगितामा तृतीय स्थान हासिल गरेकी छात्रा रिडिमा भुजेललाई सम्मान गरिएको हो ।
कलेजका पूर्व विद्यार्थी (एसईई पास आउट, कक्षा १२ साइन्स) प्रशान श्रेष्ठ मिलसेट युरोपको आयोजनामा इटालीको ऐतिहासिक सहर मान्टुआमा सन् २०२६ अक्टोबर १८ देखि २५ सम्म हुने MILSET Expo-Sciences Europe (ESE) 2026 मा नेपालबाट सहभागी हुन् मध्ये एक हुन् ।उनले "Simulating the Cosmos: A Physical Model for Verifying the Exoplanet Transit Detection Method" शीर्षकमा आफ्नो अनुसन्धान प्रस्तुत गर्नेछन् ।
यस्तै, ४४औँ वी.पी. स्मृति दिवसको अवसरमा धरानमा आयोजित “वी.पी. र प्रजातन्त्र” शीर्षकको अन्तर माध्यमिक विद्यालयस्तरीय कविता प्रतियोगितामा कक्षा ११ विज्ञान संकायकी विद्यार्थी रिदिमा भुजेल तृतीय भएकी छन् । अध्ययनसँगै साहित्य क्षेत्रमा पनि उत्कृष्ट प्रदर्शन गरेको भन्दै उनलाई सम्मान गरिएको कलेजले बताएको छ ।
कलेजले यी दुवै विद्यार्थीको उपलब्धिले संस्थाको गौरव बढाएको जनाएको छ ।
विश्वका उत्कृष्ट १० विज्ञमा वी.पी. प्रतिष्ठान धरानका डा.अजय यादव चयन
# गणतन्त्र खबर
गणतन्त्र खवर, श्रावण १२, धरान । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन विभागका एडिसनल प्रोफेसर एवं
विजयपुर विवाद : संवादलाई निरन्तरता, चिण्डो उखालिएको घटनाको छानबिनको माग
# गणतन्त्र खबर
गणतन्त्र खवर, श्रावण ११, धरान । ऐतिहासिक विजयपुर दरबार परिसरमा पछिल्ला केही महिनादेखि चलिरहेको विवादका बीच त्यहाँ राखिएका राई समुदायका सांस्कृतिक
वार्तामै समाधानको अडान, विजयपुर विवाद नचर्काउन सबै पक्षलाई अपिल
# गणतन्त्र खबर
गणतन्त्र खवर, श्रावण ११, धरान । विजयपुर दरबार परिसरमा देखिएको विवादलाई वार्ता, संवाद र आपसी समझदारीमार्फत समाधान गर्ने प्रयास जारी रहेका बेला अज्ञात

प्रतिकृया दिनुहोस