विश्वका उत्कृष्ट १० विज्ञमा वी.पी. प्रतिष्ठान धरानका डा.अजय यादव चयन
अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान अझ सुदृढ हुने प्रतिष्ठानको विश्वास
गणतन्त्र खवर, श्रावण १२, धरान । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन विभागका एडिसनल प्रोफेसर एवं डाइबिटोलोजिस्ट डा. अजय यादव अन्तर्राष्ट्रिय मधुमेह महासंघ (International Diabetes Federation-IDF) को प्रतिष्ठित Physical Activity Implementation Committee मा चयन भएका छन् ।
प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठका अनुसार विश्वभरका सयौं विज्ञमध्येबाट छनोट गरिएका उत्कृष्ट १० विशेषज्ञमध्ये नेपालका तर्फबाट डा. यादवले स्थान बनाउन सफल भएका हुन् । यो नेपाल र वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि महत्वपूर्ण अन्तर्राष्ट्रिय उपलब्धि मानिएको छ ।
अन्तर्राष्ट्रिय मधुमेह महासंघ (IDF) विश्वका १६३ देशका २६४ राष्ट्रिय मधुमेह संघहरूको छाता संस्था हो । मधुमेह तथा यसका जटिलता रोकथामका लागि शारीरिक गतिविधिलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले उक्त समिति गठन गरिएको हो ।
डा. यादव लामो समयदेखि मधुमेहको उपचार, परामर्श, रोकथाम तथा स्वस्थ जीवनशैली प्रवर्द्धनमा सक्रिय रहँदै आएका छन् । उनले रेडियो, टेलिभिजन, सामाजिक सञ्जाल तथा प्रत्यक्ष जनचेतनामूलक कार्यक्रममार्फत मधुमेह रोकथामबारे निरन्तर जनचेतना फैलाउँदै आएका छन् ।
प्रतिष्ठानले डा. यादवको यो उपलब्धिले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान अझ सुदृढ हुने र स्वास्थ्य प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ । साथै, यस महत्वपूर्ण उपलब्धिका लागि प्रतिष्ठान परिवारले डा. यादवलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
युएन कलेजद्वारा उत्कृष्ट दुई विद्यार्थीलाई सम्मान
# गणतन्त्र खबर
गणतन्त्र खवर, श्रावण ११, धरान । धरान-१६ स्थित युएन कलेजले आफ्ना दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ । प्रतिभावान विद्यार्थी प्रशन श्रेष्ठ
विजयपुर विवाद : संवादलाई निरन्तरता, चिण्डो उखालिएको घटनाको छानबिनको माग
# गणतन्त्र खबर
गणतन्त्र खवर, श्रावण ११, धरान । ऐतिहासिक विजयपुर दरबार परिसरमा पछिल्ला केही महिनादेखि चलिरहेको विवादका बीच त्यहाँ राखिएका राई समुदायका सांस्कृतिक
वार्तामै समाधानको अडान, विजयपुर विवाद नचर्काउन सबै पक्षलाई अपिल
# गणतन्त्र खबर
गणतन्त्र खवर, श्रावण ११, धरान । विजयपुर दरबार परिसरमा देखिएको विवादलाई वार्ता, संवाद र आपसी समझदारीमार्फत समाधान गर्ने प्रयास जारी रहेका बेला अज्ञात

प्रतिकृया दिनुहोस