• ४ भदौ २०८३ बिहीबार/ Thursday 8-20-2026

स्थानीय समस्या समाधान गर्न युवाहरुद्वारा गृहमन्त्रीको ध्यानाकर्षण

गणतन्त्र खबर, धरान । सुनसरी, धनकुटा र उदयपुरका युवाहरूले जिल्लाका समसामयिक समस्या समाधान तथा नागरिक सुरक्षालाई प्रभावकारी बनाउन माग गर्दै गृहमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएका छन् । युवाहरूको टोलीले गृह मन्त्रालयमा पुगेर स्थानीयस्तरमा देखिएका सामाजिक, सुरक्षा तथा जनस्वास्थ्यसँग सम्बन्धित समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

युवाहरूले लागूऔषध दुरुपयोग नियन्त्रण तथा पुनर्स्थापना सेवा विस्तार, गाँजा खेती नियन्त्रणसँगै वैकल्पिक तथा व्यावसायिक कृषि प्रवर्द्धन, सडक दुर्घटना न्यूनीकरणका लागि आधुनिक (CCTV) निगरानी, आत्महत्या न्यूनीकरण तथा मानसिक स्वास्थ्य सेवा विस्तार, लागूऔषध र मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सरकारी कार्यालयमा नागरिकमैत्री सेवा प्रवाहको माग गरेका छन् ।

युवाहरूले विशेषगरी सुनसरीको कप्तानगञ्जमा भएको घटना तथा धरानमा देखिएको विजयपुरसम्बन्धी समस्या समाधानका लागि समेत पहल गर्न गृहमन्त्रीसमक्ष माग गरिएको टोलीमा सहभागी सुनसरीका युवा अर्जुन पोख्रेलले जानकारी दिए ।

पोख्रेलका अनुसार स्थानीयस्तरमा लामो समयदेखि देखिएका समस्या समाधानका लागि सरकार र सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने आवश्यकता रहेको भन्दै युवाहरूले ज्ञापनपत्रमार्फत तत्काल पहल गर्न आग्रह गरेका हुन् ।

युवाहरूले नागरिकको सुरक्षा, सामाजिक सद्भाव र स्थानीय समस्याको दीर्घकालीन समाधानका लागि केन्द्र सरकार, स्थानीय प्रशासन तथा स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन् । प्रस्तुत मागहरू कार्यान्वयनका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिन समेत गृहमन्त्रीसँग आग्रह गरिएको छ ।

प्रतिकृया दिनुहोस

युएन कलेजको बीएचएममा बढ्दो आकर्षण, एकै दिनमा सबै सीट भरिए

# गणतन्त्र खबर

गणतन्त्र खबर, धरान ।  धरान १६ मा रहेको युएन कलेजमा यस वर्ष ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम) सेमेस्टरका निर्धारित सबै सीट भर्ना खुलेकै पहिलो दिनमा

नेकपा धरानको बैठक : संगठन सुदृढीकरणसँगै निर्वाचन तयारी

# गणतन्त्र खबर

गणतन्त्र खबर, धरान । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) धरान उपमहानगर समितिको बैठक शनिबार पार्टी कार्यालय पेरिस खोल्सीमा सम्पन्न भएको छ । बैठकमा सहभागी

भानुचौकमा गुञ्जिँदै मौलिक बाजाको धुन, कुटुम्ब ब्याण्डसँग सांगीतिक जमघट

# गणतन्त्र खबर

गणतन्त्र खबर, धरान । धरानमा नेपाली मौलिक वाद्यवादनको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘इको अफ हेरिटेज’ नामक विशेष सांगीतिक कार्यक्रम