भानुचौकमा गुञ्जिँदै मौलिक बाजाको धुन, कुटुम्ब ब्याण्डसँग सांगीतिक जमघट
गणतन्त्र खबर, धरान । धरानमा नेपाली मौलिक वाद्यवादनको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘इको अफ हेरिटेज’ नामक विशेष सांगीतिक कार्यक्रम हुने भएको छ । धरान ३ मा रहेको पासा खलःको आयोजनामा आगामी भदौ ५ गते भानुचोकमा सो कार्यक्रम हुन लागेको हो ।
नेपालको मौलिक वाद्यवादनको क्षेत्रमा चर्चा कमाउँदै आएको ‘कुटुम्ब ब्याण्ड’को विशेष सहकार्यमा भव्य सांगीतिक जमघट हुन लागेको हो । कुटुम्बले नेपाली मौलिक वाद्यवादनका धुनलाई नेपालका साथै विभिन्न देशका शहरमा समेत प्रस्तुत गर्दै आएको छ ।
पासा खलः धरानले विगत १० वर्षदेखि नेवारी समुदायमा लोप हुँदै गएका मौलिक सांस्कृतिक वाद्यवादनको संरक्षण र प्रवर्द्धन गर्दै आएको कार्यक्रम संयोजक आयूष शाक्यले बताएका छन् । उनले अब ती मौलिक वाद्यवादनलाई समुदायभित्र मात्र सीमित नराखी सार्वजनिक रूपमा चिनाउने र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको बताए ।
उनले भने, ‘विगत २०७३/७४ सालमा हामीले धरानमा धिमे बाजा भित्र्याएका थियौं भने महत्त्वपूर्ण बाजाको रुपमा चिनिने नायखिं बाजालाई २०८० सालमा र लोप भइसकेको धाः बाजा गत वर्ष प्रमोट गर्यौ । हामी समुदायमा मात्रै, स्टेजमा या स्ट्रिटमा मात्रै सीमित नभई, ओपनली सबैजनालाई पब्लिकली एज अ म्युजिकको रुपमा पनि यसलाई प्रमोट गर्न चाहिरहेका छौँ ।’
कुटुम्ब ब्याण्डसँगको सहकार्यमा हुने वृहत साँगतिक जमघटमा धरान बाहेक खोटाङ, झापा, धनकुटा, इटहरीका कलाकार तथा वाद्यवादक समेत सहभागी हुने पासा खलका महासचिव अमृत श्रेष्ठ अचार्जुले बताए ।
नेवारी संस्कृतिको वाद्यवादनहरुलाई व्यवसायिक रुपमा प्रस्तुत गर्दै आएको कुटुम्ब ब्याण्डको सहकार्यमा हुन लागेको यो वृहत साँगीतिक जमघट काठमाण्डौ बाहिरको पहिलो कार्यक्रम हो । ४५ किसिमका वाद्यवादनलाई एकैचोटि प्रस्तुत गर्ने आयोजकको तयारी रहेको छ ।
वरिष्ठ हास्य कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठको विशेष साँगीतिक प्रस्तुती
कार्यक्रमलाई अझ भव्य र आर्कषक बनाउन वरिष्ठ हास्य कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठको विशेष उपस्थिति रहने भएको छ । श्रेष्ठद्वारा साँगीतिक प्रस्तुती समेत हुने पासा खलः का अध्यक्ष विक्रम तुलाधारले जानकारी दिए । उनका अनुसार गायक श्रेष्ठलाई साथ दिन प्लेब्याक सिङ्गरको रुपमा चिनिएकी गायिका सलिना विकको पनि उपस्थिति रहने भएको छ ।
साँस्कृतिक महत्वको कार्यक्रमलाई अवधि बढाएर गर्न खोजिएपनि आर्थिक समस्याको कारण नसकिएको बताईएको छ । धरान ३ का वडा अध्यक्ष विद्या शाक्यले लगभग ८ लाख रुपैयाँ जतिको कार्यक्रमको योजना रहने बताएका छन् ।
वडा अध्यक्ष शाक्यले भने ‘यो एकदम यहाँ ल्याउनलाई एक दिन हैन, हामी ल्याउन त दुई(तीन दिन खोजेका थियौँ । तर हामीले सकिएन ।’ उनका अनुसार लगभग ८ लाख रुपैयाँ जति खर्च छ । जसमा नगरपालिकाले रु ४ लाख सहयोग गर्ने भएको छ । २ नं. वडा, ३ नं. वडा र अरु अन्य स्पोन्सरबाट प्राप्त रकमबाट कार्यक्रम सम्पन्न गर्ने लक्ष छ ।’
माल्टा पठाइदिने भन्दै लाखौ रकम लिएको आरोप, आरोपित खापुङद्वारा खण्डन
# गणतन्त्र खबर
गणतन्त्र खबर, धरान । वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट लाखौँ रुपैयाँ लिएको आरोप लागेका धरानका राजेन्द्र लिम्बू
धरानमा विवाद देखि सहमति सम्म : २ अर्ब ७६ करोडको बजेट पारित
# गणतन्त्र खबर
रोहित कुमार बस्नेत (डेविट) गणतन्त्र खबर, धरान । कानुनले तोकेको समयसीमाभित्र बजेट ल्याउन नसकेको धरान उपमहानगरपालिकाले अन्ततः आर्थिक वर्ष २०८३-०८४ को
धरानमा बजेट विवाद चुलिँदै, कार्यवाहक नगर प्रमुख र जनप्रतिनिधिबीच आरोप-प्रत्यारोप
# गणतन्त्र खबर
गणतन्त्र खबर, श्रावण २३, धरान । धरान उपमहानगरपालिकाको आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणलाई लिएर कार्यवाहक नगर प्रमुख र वडा अध्यक्ष तथा कार्यपालिका

प्रतिकृया दिनुहोस