कोशीमा संविधान दिवस भव्य रूपमा मनाउने तयारी
गणतन्त्र खबर, धरान । २०८३ सालको संबिधान दिवस भब्यताका साथ मनाउन कोशी प्रदेश सरकारले तयारी तिब्र बनाएको छ । असोज २,३ र ४ गते संबिधानदिवस भब्यताका साथ मनाइने भएको हो ।
कोशीप्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा ५०१ सदस्यीय संबिधान दिवस,२०८३ मुल समारोह समिति गठन भइसकेको छ । कोशीप्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाका अनुसार १० हजारको सहभागिता रहने गरी कार्यक्रमको तयारी गरिएको छ ।
संबिधान दिवसका दिन असोज ३ गते बिराटनगर स्थित शहीद रंगशालामा मूल समारोह हुनेछ । असोज ३ गते बिहान साढे ६ बजे आदर्श माबि बिराटनगर अगाडी भेलाभएर बिभिन्न जातजाती, समूदाय तथा भेषभुषाको झाँकीहरु सहित प्रभातफेरी कार्यक्रम गरिने छ । शहीद रंगशालामा प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यतामा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुल समारोह हुनेछ । मुल समारोहमा खेलकौशल, प्रसिद्ध कलाकारहरुद्वरा राष्ट्रिय गीत प्रस्तुती र पुरस्कार बितरण लगायत कार्यक्रम गरिने छ ।
असोज २ गते खेलकुदबोर्डको आयोजनामा म्याराथुन दौड र ब्याडमिन्टन प्रतियोगिता हुनेछ । सामाजिक बिकास मन्त्रालयले जिल्ला बाट छनौट भएर आएका प्रतियोगीहरुको नेपालको संबिधान र संघीयता कार्यावन्यन बिषयमा बक्तृत्वकला प्रतियोगिता गर्नेछ । यस्तै जलबायु परिवर्तन र बिपद ब्यबस्थापनमा प्रदेश सरकारको भूमिका बिषयमा खुल्ला निबन्ध प्रतियोगिता गरिने छ । संबिधान दिवसका अवसरमा अन्तरसंबाद तथा भिडियो प्रतियोगिता समेत आयोजना हुने कार्यक्रम छ ।
यस्तै असोज ४ गते स्वास्थ्य मन्त्रालयको अगुवाईमा रक्तदान कार्यक्रम तथा पर्यटन वन तथा वातावरण मन्त्रालयको अगुवाईमा बृक्षारोपण कार्यक्रम गरिने भएको छ । कार्यक्रमको समग्र समन्वय तथा अनुगमन आन्तरिक मामिला तथा कानुनमन्त्रालयले गरिरहेको छ ।
यु एन नवोदयले दैवी प्रकोप उद्धार कोषमा गर्यो १ लाख १२ हजार १११ रुपैयाँ सहयोग
# गणतन्त्र खबर
गणतन्त्र खबर, धरान । धरान-१६ स्थित रहेको यु एन नवोदयले गत भदौ १० गते भएको अकल्पनीय प्राकृतिक विपत्तिबाट प्रभावितहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप
भोटेकोशीको पीडामा धरान : भानुचोकमा बले श्रद्धाका दिपहरु
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरूको सम्झनामा धरानको भानुचोकमा विभिन्न संघ-संस्थाले दीप
इस्कोनद्वारा आयोजित वाक्कला प्रतियोगितामा नवोदय कलेजकी रिदिमा प्रथम, नगद पुरस्कारसहित सम्मानित
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । धरान १६ स्थित नवोदय कलेजकी छात्रा रिदिमा भुजेलले यस वर्षको अन्तर-विद्यालय वाक्कला प्रतियोगिताको उपाधि चुमेकी छन् । इस्कोन

प्रतिकृया दिनुहोस