यु एन नवोदयले दैवी प्रकोप उद्धार कोषमा गर्यो १ लाख १२ हजार १११ रुपैयाँ सहयोग
गणतन्त्र खबर, धरान । धरान-१६ स्थित रहेको यु एन नवोदयले गत भदौ १० गते भएको अकल्पनीय प्राकृतिक विपत्तिबाट प्रभावितहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १,१२,१११ सहयोग जम्मा गरेको छ ।
यु एन नवोदयका विद्यार्थी, शिक्षक, शिक्षिका, कर्मचारी तथा विद्यालय, +२, कलेज र कलेज व्यवस्थापनको संयुक्त पहल एवं योगदानबाट संकलन गरी सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको आधिकारिक खातामा जम्मा गरिएको हो ।
विपत्तिका बेला संस्थागत रूपमा ऐक्यबद्धता जनाउँदै सामाजिक उत्तरदायित्व पूरा गर्नु सबैको कर्तव्य भएको विद्यालयका प्रधानाध्यापक डम्बरकुमार तुम्बापोले बताए । ‘विपत्ति लगत्तै हाम्रा विद्यार्थी र शिक्षक-कर्मचारीहरूले व्यक्तिगत तथा स्वैच्छिक रूपमा राहत र सहयोग गरिएको सानो मानवीय प्रयास हो, जसले विपत्तिमा परेका आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई मलम लगाउन सहयोग पुग्ने विश्वास लिएका छौँ ।’
यु एन नवोदय केवल पठनपाठनमा मात्र सीमित नरही राष्ट्रिय संकट र सामाजिक अभियानहरूमा सधैँ अग्रपंक्तिमा रहँदै आएको छ । संस्थाका जनसम्पर्क अधिकृत रामबहादुर लिम्बूका अनुसार यु एन नवोदयले यसअघि पनि धरानको कोकाहा खानेपानी अभियानमा सहयोग गर्नुका साथै महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनका लागि समेत आर्थिक योगदान पुर्याइसकेको छ ।
‘शिक्षासँगै विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व र मानवीय भावनाको विकास होस् भन्ने हाम्रो उद्देश्य हो,’ जनसम्पर्क अधिकृत लिम्बूले भने । उनका अनुसार संस्थाले विगतदेखि नै विभिन्न सामाजिक अभियानमार्फत सहयोग गर्दै आएको छ । पछिल्लो सहयोग पनि सोही सामाजिक उत्तरदायित्वको निरन्तरता भएको उनले बताए ।
‘आगामी दिनमा पनि देशमा आइपर्ने जुनसुकै संकटमा यु एन नवोदय परिवार सहकार्य र सहयोगका लागि तयार रहनेछ,’ लिम्बूले भने ।
कोशीमा संविधान दिवस भव्य रूपमा मनाउने तयारी
# गणतन्त्र खबर
गणतन्त्र खबर, धरान । २०८३ सालको संबिधान दिवस भब्यताका साथ मनाउन कोशी प्रदेश सरकारले तयारी तिब्र बनाएको छ । असोज २,३ र ४ गते संबिधानदिवस भब्यताका साथ
भोटेकोशीको पीडामा धरान : भानुचोकमा बले श्रद्धाका दिपहरु
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरूको सम्झनामा धरानको भानुचोकमा विभिन्न संघ-संस्थाले दीप
इस्कोनद्वारा आयोजित वाक्कला प्रतियोगितामा नवोदय कलेजकी रिदिमा प्रथम, नगद पुरस्कारसहित सम्मानित
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । धरान १६ स्थित नवोदय कलेजकी छात्रा रिदिमा भुजेलले यस वर्षको अन्तर-विद्यालय वाक्कला प्रतियोगिताको उपाधि चुमेकी छन् । इस्कोन

प्रतिकृया दिनुहोस