• २३ असोज २०८३ शुक्रबार/ Friday 10-09-2026

'ब्लु स्क्वायर सोरुम' धरानमा भित्रियो यामाहा XSR 155 को नयाँ निलो मोडल

गणतन्त्र खवर, धरान । यामाहा XSR 155 मोटरसाइकलको नयाँ निलो मोडल धरानमा सार्वजनिक गरिएको छ । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रा.लि.ले धरान-८ स्थित लाङ्घाली चोकमा रहेको 'ब्लु स्क्वायर सोरुम'मा नयाँ निलो रंगको XSR 155 सार्वजनिक गरेको हो ।

काठमाडौँको भृकुटीमण्डपमा आयोजित नाडा अटो शो तथा यामाहा ब्लु फेस्टमा XSR 155 का अन्य रंगहरू सार्वजनिक गरिएपछि नयाँ  Blue Yamaha XSR 155 को अनावरण भने धरानमा गरिएको हो । 

काठमाडौँपछि यामाहाको ब्लु स्क्वायर सोरुम सञ्चालन गर्ने एक मात्र स्थान धरान हो । यहाँ विजयपुर ट्रेडर्सले आधिकारिक 'ब्लु स्क्वायर सोरुम' सञ्चालन गर्दै आएको छ ।

नयाँ निलो XSR 155 को अनावरण कार्यक्रममा प्रमुख अतिथि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेशका अध्यक्ष सरोज श्रेष्ठसहित अतिथिहरूले मोटरसाइकल सार्वजनिक गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले, विजयपुर ट्रेडर्सका बजार व्यवस्थापक सौगात किदैललगायतको उपस्थिति थियो ।

अनावरणपछि बोल्दै प्रमुख अतिथि श्रेष्ठले नयाँ मोटरसाइकलले ग्राहकको मन जित्ने विश्वास व्यक्त गरे । उनले मोटरसाइकल बिक्रीसँगै ग्राहकलाई ट्राफिक नियम र मोटरसाइकलको प्राविधिक जानकारी पनि दिनुपर्ने बताए । यसले मोटरसाइकल दुर्घटना कम गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।

नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेले विजयपुर ट्रेडर्सले मोटरसाइकल बिक्रीसँगै मर्मत तथा सम्भारको सेवा पनि राम्रो दिँदै आएको बताए । नयाँ निलो रंगको XSR 155 आकर्षक रहेको भन्दै उनले बजारमा राम्रो प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमका सभापति तथा विजयपुर ट्रेडर्सका सञ्चालक प्रभाव खतिवडाले XSR 155 का अन्य रंगहरू काठमाडौँमा आयोजित नाडा अटो शो तथा यामाहा ब्लु फेस्टमा सार्वजनिक भए पनि नयाँ निलो रंगको अनावरण गर्ने अवसर धरानले पाएको बताए ।

खतिवडाले यामाहा प्राविधिक पक्षमा अन्य कम्पनीभन्दा अगाडि रहेको दाबी गरे । उनले यामाहाले मोटरसाइकलमा फ्युल इन्जेक्सन (FI) प्रविधि सुरुवातदेखि नै प्रयोग गर्दै आएको र पछि अन्य कम्पनीले पनि त्यसलाई पछ्याएको बताए ।

नयाँ XSR 155 मा १५५ सीसीको लिक्विड-कुल्ड इन्जिन र ६-स्पिड गियरबक्स रहेको छ । यसमा भीभीए प्रविधि प्रयोग गरिएको छ । मोटरसाइकलमा रेट्रो डिजाइनसँगै आधुनिक प्रविधि राखिएको कम्पनीले जनाएको छ ।

नयाँ निलो रंगसहित XSR 155 को मूल्य ५ लाख ३४ हजार ९ सय रुपैयाँ तोकिएको छ । यसअघि यो मोटरसाइकल कालो, रातो र सिल्भर रंगमा उपलब्ध हुँदै आएको छ ।

अनवरण संगै नयाँ निलो XSR 155 को टेस्ट राइड तथा बुकिङ खुला भएको छ । 

 

प्रतिकृया दिनुहोस

एथरको १३औँ एक्सपेरियन्स सेन्टर धरानमा सुरु

# अर्थ/बाणिज्य

गणतन्त्र खवर,  धरान । विद्युतीय स्कुटरप्रति ग्राहकको आकर्षण बढ्दै गर्दा एथर नेपालले धरानमा आफ्नो १३औँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ ।

धरान संयुक्त गृल व्यवसायी संघमा अब उदय राईको नेतृत्व

# अर्थ/बाणिज्य

गणतन्त्र खबर / धरान । २०५३ सालमा स्थापना भएको संयुक्त गृल उद्योग व्यवसायी संघ धरानको ९औं कार्यकालका लागि अध्यक्षमा उदय कुमार राई चयन भएका छन् ।

धरान मदिरा व्यवसायी संघ अध्यक्षमा श्रेष्ठ सर्वसम्मत चयन

# अर्थ/बाणिज्य

गणतन्त्र खबर / धरान । मदिरा ब्यवसायी संघ, धरानको अध्यक्षमा प्रदिप कुमार श्रेष्ठ सर्वसम्मतले चयन भएका छन् । शनिबार सम्पन्न धरान मदिरा ब्यवसायी

↑