विराट ट्रेड फेयरमा उत्साहजनक व्यापार, दर्शकको घुइँचो
गणतन्त्र खबर, धरान । विराट व्यापार संघको आयोजनामा विराटनगरस्थित जैन भवन परिसरमा जारी विराट ट्रेड फेयरमा दर्शकको उत्साहजनक सहभागिता देखिएको छ ।
असोज २२ गतेदेखि सुरु भएको फेयरको तेस्रो दिनसम्म आइपुग्दा ३० हजारभन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएको छ ।
फेयरमा दर्शकको सहभागिता र कारोबारको अवस्था आफूहरूले अपेक्षा गरेभन्दा राम्रो रहेको संघका अध्यक्ष प्रमोद अग्रवालले बताए । फेयरले विराटनगरको बजारलाई चलायमान बनाउनुका साथै दसैँको समयमा किनमेल र मनोरञ्जनका लागि राम्रो अवसर प्रदान गरेको उनको भनाइ छ ।
‘विराटनगरले पछिल्लो पाँच वर्षयता पहिलोपटक यस्तो गुलजार बजार देखेको होला । फेयरमा युवा पुस्ताको उल्लेख्य सहभागिता छ । दसैँको मौसममा मेला कस्तो हुनुपर्छ भन्ने अनुभव गर्दै दर्शकले किनमेल र मनोरञ्जनको आनन्द लिइरहेका छन्,’ अध्यक्ष अग्रवालले भने ।
फेयरमा उपभोक्ताका दैनिक आवश्यकताका सामग्रीको बिक्री बढी भइरहेको उहाँले जानकारी दिए । फेयरका स्टलहरूमा दर्शकको चहलपहल बढेको र कारोबारसमेत उत्साहजनक रहेको उहाँको भनाइ छ । फेयर सफल बनाउन सहयोग गर्ने विराटनगरवासीप्रति उनले आभार व्यक्त गरे ।
फेयरमा कुल १३० वटा स्टल रहेका छन् । तीमध्ये १०० वटा व्यावसायिक प्रयोजनका स्टल रहेको फेयर संयोजक श्याम पौडेल (भवेश)ले जानकारी दिए । अन्य स्टलमा खाद्य कम्पनी, दुग्ध विकास संस्थान (डीडीसी), जिल्ला प्रहरी कार्यालय र घरेलु उद्योगलगायतको सहभागिता रहेको उनले बताए ।
फेयरमा राखिएका विभिन्न सामग्रीका स्टलसँगै दैनिक आयोजना हुने सांगीतिक प्रस्तुतिले पनि दर्शकलाई आकर्षित गरिरहेको संयोजक पौडेलले जानकारी दिए । सांगीतिक कार्यक्रममा दर्शकको उल्लेख्य सहभागिता रहने गरेको उहाँको भनाइ छ ।
विराट व्यापार संघले १५ वर्षपछि व्यापार मेला आयोजना गरेको हो । असोज २२ गतेदेखि सुरु भएको फेयर असोज ३०गतेसम्म सञ्चालन हुनेछ । फेयरले स्थानीय व्यापार प्रवद्र्धन गर्नुका साथै विराटनगरको बजारमा आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।
'ब्लु स्क्वायर सोरुम' धरानमा भित्रियो यामाहा XSR 155 को नयाँ निलो मोडल
# अर्थ/बाणिज्य
गणतन्त्र खवर, धरान । यामाहा XSR 155 मोटरसाइकलको नयाँ निलो मोडल धरानमा सार्वजनिक गरिएको छ । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रा.लि.ले
एथरको १३औँ एक्सपेरियन्स सेन्टर धरानमा सुरु
# अर्थ/बाणिज्य
गणतन्त्र खवर, धरान । विद्युतीय स्कुटरप्रति ग्राहकको आकर्षण बढ्दै गर्दा एथर नेपालले धरानमा आफ्नो १३औँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ ।
धरान संयुक्त गृल व्यवसायी संघमा अब उदय राईको नेतृत्व
# अर्थ/बाणिज्य
गणतन्त्र खबर / धरान । २०५३ सालमा स्थापना भएको संयुक्त गृल उद्योग व्यवसायी संघ धरानको ९औं कार्यकालका लागि अध्यक्षमा उदय कुमार राई चयन भएका छन् ।

प्रतिकृया दिनुहोस