• २ मङ्सिर २०८३ मंगलबार/ Tuesday 11-17-2026

सजिनाको ह्याट्रिकमा स्वर्णिमको शानदार जित, ५-० ले उदयपुर पराजित

गणतन्त्र खवर, धरान । डी-१९ क्लब, धरान१९ को आयोजना भईरहेको पहिलो धरान अन्तर्राष्ट्रिय महिला गोल्डकपको दोश्रो खेलमा घरेलु टोली स्वर्णिम फुटबल क्लबले जित निकालेको छ । आईतबार राति भएको दोस्रो क्वाटरफाइनलमा उदयपुरको गाईघाट फुटबल क्लबलाई ५-० गोलले पराजित गरेको हो ।

धरान-१६ स्थित रंगशालामा जारी रात्रिकालीन प्रतियोगितामा घरेलु टोली स्वर्णिम फुटबल क्लबले खेलको सुरुदेखि नै विपक्षी टोलीमाथि दबाब बनाएको थियो । आक्रामक खेल प्रस्तुत गरेको स्वर्णिमले ५-० गोलको फराकिलो जित दर्ता गर्‍यो ।

स्वर्णिमको जितमा सजिना साङताङले ह्याट्रिकसहित तीन गोल गरिन् भने समीक्षा मगरले दुई गोल थपिन् ।

खेलको पहिलो हाफमा स्वर्णिमले ३-० को अग्रता बनाएको थियो । पहिलो हाफमा समीक्षाले दुई गोल गर्दा सजिनाले एक गोल गरेकी थिइन् । दोस्रो हाफमा पनि स्वर्णिमले आफ्नो आक्रामक खेललाई निरन्तरता दियो । सजिनाले लगातार दुई गोल थप्दै ह्याट्रिक पूरा गरिन् र टोलीको जित ५-० बनाइन् ।

तीन गोल गर्दै टोलीको जितमा महत्वपूर्ण भूमिका खेलेकी सजिना साङताङ खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

आयोजक अनुसार आज सोमबार राती हुने खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र बागमती युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको फाईनलमा विजेता टोलीले ५ लाख रुपैयाँ, धरानको पहिचान बोकेको ट्रफी र उपविजेता टोलीले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ईभी स्कुटर पाउनेछन् । त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीले १५ हजारका दरले जनही नगद पुरस्कार तथा मेडल पाउनेछन् । 

प्रतिकृया दिनुहोस

पहिलो धरान महिला गोल्डकपमा एपीएफको दमदार सुरुवात, झारखण्ड ७-० ले पराजित

# खेलकुद

गणतन्त्र खवर, धरान । पहिलो धरान अन्तर्राष्ट्रिय महिला गोल्डकपमा विभागीय टोली एपीएफ फुटबल क्लबले विजयी सुरुवात गरेको छ । डी-१९ क्लब, धरान-१९ को

धरानको पहिलो महिला अन्तर्राष्ट्रिय गोल्डकप सुरु, एपीएफ र भारतको एक्वा क्लबबीच उद्घाटन खेल

# खेलकुद

गणतन्त्र खवर, धरान । धरानको फुटबल इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित पहिलोपटक आयोजना गरिएको महिला अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता

धरानको पहिलो महिला अन्तर्राष्ट्रिय गोल्डकपको तयारी अन्तिम चरणमा, ट्रफी सार्वजनिक

# खेलकुद

गणतन्त्र खवर, धरान । धरानको फुटबल इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित आयोजना हुन लागेको पहिलो धरान महिला अन्तर्राष्ट्रिय गोल्डकप फुटबल

↑