• ३ मङ्सिर २०८३ बुधबार/ Wednesday 11-18-2026

पहिलो धरान महिला गोल्डकपको तेस्रो खेलमा त्रिभुवन आर्मीको फराकिलो जित

गणतन्त्र खवर, धरान । पहिलो धरान अन्तर्राष्ट्रिय महिला गोल्डकप अन्तर्गत भएको तेस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले बागमती युवा क्लबलाई ९-० गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।

धरान-१६ स्थित खेलमैदानमा सोमबार साँझ ७ बजेबाट सुरु खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गर्दै बागमती युवा क्लबमाथि एकतर्फी दबाब बनाएको थियो ।

खेलको पहिलो हाफमै त्रिभुवन आर्मीले ७ गोल गरेको थियो । पहिलो हाफमा दिपा शाहीले २, ६, २४ र ३८औँ मिनेटमा गोल गर्दै व्यक्तिगत चार गोल पूरा गरिन् । त्यस्तै जेनिफर रानाले २० र ३३औँ मिनेटमा दुई गोल गरिन् भने दिमाला चौधरीले १७औँ मिनेटमा एक गोल थपिन् ।

पहिलो हाफमा ७-० को अग्रता बनाएको त्रिभुवन आर्मीले दोस्रो हाफमा पनि आफ्नो आक्रामक लयलाई निरन्तरता दियो। दोस्रो हाफको २०औँ मिनेटमा जेनिफर रानाले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन् । त्यसपछि ३७औँ मिनेटमा तुलसा बोहोराले अर्को गोल थपिन् ।

                 त्रिभुवन आर्मीकी दिपा शाहीे खेलको ‘प्लेयर अफ द म्याच’ घोषित

यससँगै त्रिभुवन आर्मीले खेलमा कुल ९ गोल पूरा गर्‍यो । बागमती युवा क्लबले भने खेल अवधिभर कुनै गोल गर्न सकेन  ।

त्रिभुवन आर्मीको जितमा दिपा शाहीको चार गोल र जेनिफर रानाको ह्याट्रिक विशेष आकर्षण बने । त्यस्तै दिमाला चौधरी र तुलसा बोहोराले पनि गोल गर्दै टोलीको जितलाई थप फराकिलो बनाए । 

चार गोल गर्दै टोलीको जितमा महत्वपूर्ण भूमिका खेलेकी त्रिभुवन आर्मीकी दिपा शाहीे खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । 

आयोजक अनुसार मंगलबार राती हुने खेलमा विभागीय टोली नेपाल पुलिस र काकडभिट्टा वुमेन्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको फाईनलमा विजेता टोलीले ५ लाख रुपैयाँ, धरानको पहिचान बोकेको ट्रफी र उपविजेता टोलीले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ईभी स्कुटर पाउनेछन् । त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीले १५ हजारका दरले जनही नगद पुरस्कार तथा मेडल पाउनेछन् । 

 

प्रतिकृया दिनुहोस

सजिनाको ह्याट्रिकमा स्वर्णिमको शानदार जित, ५-० ले उदयपुर पराजित

# खेलकुद

गणतन्त्र खवर, धरान । डी-१९ क्लब, धरान१९ को आयोजना भईरहेको पहिलो धरान अन्तर्राष्ट्रिय महिला गोल्डकपको दोश्रो खेलमा घरेलु टोली स्वर्णिम फुटबल क्लबले

पहिलो धरान महिला गोल्डकपमा एपीएफको दमदार सुरुवात, झारखण्ड ७-० ले पराजित

# खेलकुद

गणतन्त्र खवर, धरान । पहिलो धरान अन्तर्राष्ट्रिय महिला गोल्डकपमा विभागीय टोली एपीएफ फुटबल क्लबले विजयी सुरुवात गरेको छ । डी-१९ क्लब, धरान-१९ को

धरानको पहिलो महिला अन्तर्राष्ट्रिय गोल्डकप सुरु, एपीएफ र भारतको एक्वा क्लबबीच उद्घाटन खेल

# खेलकुद

गणतन्त्र खवर, धरान । धरानको फुटबल इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित पहिलोपटक आयोजना गरिएको महिला अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता

↑