धरान मदिरा व्यवसायी संघ अध्यक्षमा श्रेष्ठ सर्वसम्मत चयन
पत्रकार रणध्वज लोहार सम्मानित
गणतन्त्र खबर / धरान । मदिरा ब्यवसायी संघ, धरानको अध्यक्षमा प्रदिप कुमार श्रेष्ठ सर्वसम्मतले चयन भएका छन् । शनिबार सम्पन्न धरान मदिरा ब्यवसायी संघको १२ औं साधरण सभाले श्रेष्ठलाई सर्वसम्मतले चयन गरेको हो ।
निर्वाचन आयुक्त सुनिल श्रेष्ठका अनुसार, श्रेष्ठको अध्यक्षतामा ५ सदस्यीय समिति चयन भएको हो । उपाध्यक्ष नरेन्द्र खवास भएका छन् भने कोषाध्यक्ष श्रवण गुप्ता बनेका छन् । सचिव जिवन साही छन् । सह सचिव सन्तोष कार्की बने ।
त्यसैगरी समितिको सदस्यहरूमा सागर प्रसाईं, अमित श्रेष्ठ, प्रदिप कुमार तामाङ, भिमबहादुर बोहोरा र तोर्णबहादुर कार्की रहेका छन् । अन्य सदस्य पनि मनोनित गरिएको छ ।
मदिरा व्यवसायी संघ, धरानको गत ७ गते बसेको वैठकको सर्वसम्मत निर्णयले सो समितिको चयन भएको निर्वाचन आयुक्त श्रेष्ठले जानकारी दिए ।
सुनसरी उद्योग बाणिज्य संघ, धरानको सभाहलमा भएको १२ औं साधारणसभा तथा पदास्थापन कार्यक्रमलाई नेपाल मदिरा महासंघका अध्यक्ष सोनाम शेर्पाको प्रमुख आतिथ्यता प्रदान गरेका थिए ।
कार्यक्रमका सभापति तथा मदिरा व्यवसायी संघ, धरानका अध्यक्ष लिल बहादुर लिल कुमार माझीले विभिन्न समस्याहरू समाधान गर्दै अघि बढेको बताए । बजारमा विभिन्न रक्सी अवैधानिक रुपमा बिक्री हुनाले इमानदार व्यवसायी मारमा परिरहेको बताए । उनले सम्बन्धित निकायले अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउनु पर्ने बताए ।
कार्यक्रमका विशिष्ट अतिथि तथा सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठले ब्यवसायीहरुको सवालको जवाफ दिदैं संघ निर्णय गर्ने संस्था नभएको बताए । तैपनि ब्यवासायीहरुको हक र हितको लागि प्रयास गरिरहेको बताए । धरान लेउती सुरुङमार्गका लागि दवाव दिइरहेको बताए । उनले अन्य कार्यको लागि आर्थिक संकलन नभई हल बनाउन आर्थिक सहयोग संकलन गरेको बताए ।
संघका सचिव जीवन साहीले सांगठनिक प्रतिवेदन पेश गरे । उनले खानेपानी समस्या समाधानको अभियानलाई टेवा पुर्याउन १ लाख ८९ हजार पाइप हस्तान्तरण गरेको बताए । यस्तै, कोषाध्यक्ष सन्तोष कार्कीले २०८१ देखि २०८२ पौष मसान्तसम्मको आयव्यय प्रस्तुत गरे । उनका अनुसार ७ लाख ३० हजार ५ सय ८१ आय र सोही बमोजिम व्यय समेत भएको छ ।
संघले पत्रकार रणध्वज लोहारलाई नगद १० हजार सहित सम्मान गरेको छ भने व्यवसायी अरुण कुमार श्रेष्ठ र प्रेम कार्कीलाई पनि सम्मान गरेको छ । त्यसैगरी संघले ५१ हजार १ सय ११ रूपैयाँ सुनसरी उद्योग वाणिज्य संघलाई सहयोग स्वरुप हस्तान्तरण समेत गरेको छ ।
कार्यक्रममा नेपाल मदिरा महासंघका बरिष्ठ उपाध्यक्ष मदन गौतम, महासंघका कोशी प्रदेशका अध्यक्ष नविन कुमार तामाङ, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठ, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तान काफ्ले, नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघ कोशीका अध्यक्ष सरोज श्रेष्ठ, धरान वितरक संघका अध्यक्ष विजय मानन्धर लगायतको उपस्थिती रहेको थियो ।
एथरको १३औँ एक्सपेरियन्स सेन्टर धरानमा सुरु
# अर्थ/बाणिज्य
गणतन्त्र खवर, धरान । विद्युतीय स्कुटरप्रति ग्राहकको आकर्षण बढ्दै गर्दा एथर नेपालले धरानमा आफ्नो १३औँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ ।
धरान संयुक्त गृल व्यवसायी संघमा अब उदय राईको नेतृत्व
# अर्थ/बाणिज्य
गणतन्त्र खबर / धरान । २०५३ सालमा स्थापना भएको संयुक्त गृल उद्योग व्यवसायी संघ धरानको ९औं कार्यकालका लागि अध्यक्षमा उदय कुमार राई चयन भएका छन् ।
१९०० पर्ने जुत्ता १००० मै, धरानमा जुत्ता चप्पल मेला सुरु (भिडियो सहित)
# अर्थ/बाणिज्य
गणतन्त्र खबर / धरान । छाता चोकमा धरान जुत्ता चप्पल मेला २०८२ भव्य रूपमा सुरु भएको छ । शनिबार नेपाली उत्पादन प्रयोग गरौं भन्ने मूल नाराका साथ आयोजना

प्रतिकृया दिनुहोस