• ८ भदौ २०८३ सोमबार/ Monday 8-24-2026

झापा र उदयपुरमा घुसका दुई घटना, एक पक्राउ र अर्काविरुद्ध आरोपपत्र दायर

गणतन्त्र खबर, धरान । कोशी प्रदेशका दुई जिल्लामा घुससम्बन्धी छुट्टाछुट्टै भदौ ५ गते (हिजो) भएको घटनामा एक जना वन अधिकृत पक्राउ परेका छन् भने अर्का वडा सचिवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

डिभिजन वन कार्यालय त्रियुगाका योजना शाखा प्रमुख घुससहित पक्राउ

उदयपुरको त्रियुगा नगरपालिका १० स्थित डिभिजन वन कार्यालयका योजना शाखा प्रमुख भुवन पौडेललाई रु. १५ हजार घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । 

आयोगका अनुसार पौडेलले सामुदायिक वन उपभोक्ता समितिको काठ लगत समर्थन तथा लिलाम सहमति सिफारिस पत्र दिन सेवाग्राहीसँग घुस मागेका थिए । सोही सूचनाका आधारमा भदौ ४ गते (अस्ति) अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनलाई भदौ ५ गते (हिजो) विशेष अदालत काठमाण्डौको आदेशबाट म्याद थप गरी अनुसन्धान अघि बढाईएको छ । 

गौरीगञ्जका वडा सचिवविरुद्ध आरोपपत्र दायर 

झापाको गौरीगञ्ज गाउँपालिका वडा नं. १ मा कार्यरत वडा सचिव अजय कुमार शाहविरुद्ध अख्तियारले आरोप पत्र दायर गरेको छ । 

सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र जारी गर्नका लागि सेवाग्राहीसँग घुस माग्ने गरेको सुचनाको आधारमा अख्तियारको ईटहरी स्थित कार्यलयको टोली खटिएको थियो । टोलीले वडा सचिव शाहाले सेवाग्राहीबाट रु. १० हजार घुस लिईसकेको अवस्थामा नियन्त्रणमा लिएको हो । 

अख्तियारले शाहाविरुद्ध रु. १० हजार विगो कायम गरी भ्रस्टचार निवारण ऐन २०५९ बमोजिम कैद तथा विगो बराबरको जरिवाना माग दावी गर्दै भदौ ५ गते (हिजो) विशेष अदालत काठमाण्डौमा आरोपपत्र दायर गरेको छ ।  

 

 

 

प्रतिकृया दिनुहोस

सुनसरी पत्रकारिताको इतिहास समेटिएको ‘सुनसरीको मिडिया परिदृश्य’को विमोचन

# गणतन्त्र खबर

गणतन्त्र खबर, धरान । सुनसरी पत्रकारिताको इतिहास समेटिएको ‘सुनसरीको मिडिया परिदृश्य’को विमोचन भएको छ । ब्लास्ट टाइम्स दैनिक पत्रिका धरानका

रेवाहाङ्ग स्मृति प्रतिष्ठानले बास्केटबल प्रतियोगितालाई निरन्तरता दिने

# गणतन्त्र खबर

गणतन्त्र खबर, धरान । रेवाहाङ रुछेन्बुङ राई स्मृति प्रतिष्ठान, धरानले रेवाहाङको स्मृतिमा सञ्चालन गर्दै आएको बास्केटबल प्रतियोगितालाई अझ व्यापकतामा

विजयपुर दरबार विवाद :पहिलो वार्ता निष्कर्षविहीन, विज्ञ टोली बनाइने

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । धरान-१४ स्थित ऐतिहासिक विजयपुर दरबार क्षेत्रमा देखिंदै आएको विवाद समाधान गर्न सुरु गरिएको पहिलो चरणको छलफल निष्कर्षविहीन भएको छ