• ८ भदौ २०८३ सोमबार/ Monday 8-24-2026

रेवाहाङ्ग स्मृति प्रतिष्ठानले बास्केटबल प्रतियोगितालाई निरन्तरता दिने

गणतन्त्र खबर, धरान । रेवाहाङ रुछेन्बुङ राई स्मृति प्रतिष्ठान, धरानले रेवाहाङको स्मृतिमा सञ्चालन गर्दै आएको बास्केटबल प्रतियोगितालाई अझ व्यापकतामा निरन्तरता दिने भएको छ । आज धरान १८ वडा कार्यलयको सभाहाल सम्पन्न तेश्रो बार्षिक साधारण सभाले सो कार्यलाई व्यापक बनाउँदै लैजानेसँगै  विभिन्न सामाजिक गतिविधि समेत सञ्चालन गर्ने भावी कार्ययोजना पारित गरेको हो ।

धरान उपमहानगरपालिकाको आर्थिक सहयोग तथा बास्केटबल संघ सुनसरी, बास्केटबल संघ धरान र मेघा कलेजको सहकार्यमा ‘प्रदेशस्तरीय अन्तरविद्यालय मेघा रेवाहाङ स्मृति बास्केटबल प्रतियोगिता’को चौथो संस्करण सम्पन्न गरेको प्रतिष्ठानका सचिव नारायण प्रसाद सुवेदीले साधारणसभामा जानकारी दिए । 

बास्केट बल खेल्नमा उच्च रुचि भएका र सो खेलप्रतिको उनको क्षमताले राम्रो परिचय बनाउँदै गएका धरानका रेवाहाङ, १६ वर्षको उमेरमा २०७७ माघ २० गते दिवंगत भएका थिए । रेवाहाङको स्मृतिमा नयाँ पुस्ताका खेलाडीलाई अवसर दिने उद्देश्यले बास्केटबल प्रतियोगिता सुरु गरिएको रेवाहाङका पिता तथा प्रतिष्ठानका अध्यक्ष रेवती रमण राईले बताए ।

‘रेवाहाङ बास्केटबलका राम्रो खेलाडी थियो । उनको खेल प्रतिभालाई स्मृतिमा राख्न हामी परिवारले प्रतियोगिता सञ्चालनका लागि दुई लाख रुपैयाँ जम्मा गर्यौ । पछिल्लो चोटी प्रतियोगिताबाट बचत भएको एक लाख रुपैयाँसमेत जोडेर तीन लाख रुपैयाँको कोष खडा भएको छ ।’ उनले भने । 

तर प्रतिष्ठानले बास्केटबलसँगै आगामी दिनमा स्वास्थ्य शिविर सञ्चालन गर्ने समेत योजना बनाएको छ । बालबालिकाको शारीरिक, मानसिक तथा बौद्धिक क्षमता विकासका लागि अतिरिक्त क्रियाकलाप, रक्तदान तथा साहित्यिक कार्यक्रम सञ्चालन गर्ने योजना पनि साधारणसभाले पारित गरेको छ ।

प्रतिष्ठानलाई आर्थिक रुपमा जिवित राख्न भन्दै हालसम्म २७ जना आजीवन सदस्य थप गरेको छ । अघिल्लो साधारणसभासम्म २० जना आजीवन सदस्य रहेकामा यसपटक सदस्य संख्या बढेको हो ।

साधारणसभाको उद्घाटन धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघाले पानसमा दीप प्रज्वलन गरी गरेका थिए ।

विशेष अतिथि तथा पूर्वनगर प्रमुख तिलक राईले साधारण सभाको शुभकामना मन्तव्य राख्दै रेवाहाङको निधनबाट परिवारमा परेको शोकलाई सामाजिक काममा रूपान्तरण गर्न प्रतिष्ठान सफल भएको बताए । 

विजयपुर हस्पिटलका सञ्चालक तथा सुनसरी उद्योग वाणिज्य संघका महासचिव प्रभाव खतिवडाले प्रतिष्ठानले भावी कार्य योजनमा अघि सारेको स्वास्थ्य शिविरलगायत सामाजिक कार्यक्रमलाई प्राविधिक सहयोग गर्ने बताए । 

नेपाली कम्युनिष्ट पार्टीका धरान संयोजक सिपी बजगाईंले प्रतिष्ठानको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस

सुनसरी पत्रकारिताको इतिहास समेटिएको ‘सुनसरीको मिडिया परिदृश्य’को विमोचन

# गणतन्त्र खबर

गणतन्त्र खबर, धरान । सुनसरी पत्रकारिताको इतिहास समेटिएको ‘सुनसरीको मिडिया परिदृश्य’को विमोचन भएको छ । ब्लास्ट टाइम्स दैनिक पत्रिका धरानका

झापा र उदयपुरमा घुसका दुई घटना, एक पक्राउ र अर्काविरुद्ध आरोपपत्र दायर

# गणतन्त्र खबर

गणतन्त्र खबर, धरान । कोशी प्रदेशका दुई जिल्लामा घुससम्बन्धी छुट्टाछुट्टै भदौ ५ गते (हिजो) भएको घटनामा एक जना वन अधिकृत पक्राउ परेका छन् भने अर्का

विजयपुर दरबार विवाद :पहिलो वार्ता निष्कर्षविहीन, विज्ञ टोली बनाइने

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । धरान-१४ स्थित ऐतिहासिक विजयपुर दरबार क्षेत्रमा देखिंदै आएको विवाद समाधान गर्न सुरु गरिएको पहिलो चरणको छलफल निष्कर्षविहीन भएको छ