सुनसरी पत्रकारिताको इतिहास समेटिएको ‘सुनसरीको मिडिया परिदृश्य’को विमोचन
गणतन्त्र खबर, धरान । सुनसरी पत्रकारिताको इतिहास समेटिएको ‘सुनसरीको मिडिया परिदृश्य’को विमोचन भएको छ । ब्लास्ट टाइम्स दैनिक पत्रिका धरानका सम्पादक भोजराज श्रेष्ठद्वारा लिखित ‘सुनसरीको मिडिया परिदृश्य’ भब्य कार्यक्रमका साथ आज विमोचन भएको हो ।
महेन्द्र बहुमुखी क्याम्पसको एक सभाहलमा धरान नगरका पूर्व नगर प्रमुख तिलक राईको प्रमुख आतिथ्यतमा सो पुस्तक विमोचन भएको हो । यही हप्ता छापाबाट आएको पुस्तकमा सुनसरीको पत्रकारिताको अनुसन्धानात्मक इतिहास भएको बताइएको छ ।
‘अविश्रान्त यात्रा’ नामक पुस्तकलाई यस अघि सम्पादन गरेका श्रेष्ठ स्वयंले लेखेको पुस्तक भने यो पहिलो हो । २५६ पेजको सो किताबलाई धरान रिडर्स ग्रुपले प्रकाशन गरेको छ ।
कार्यक्रममा पुस्तकलाई प्रा.डा. टंक प्रसाद न्यौपाने र बरिष्ठ पत्रकार हर्ष सुब्बाले परिचर्चा गरेका थिए । बरिष्ठ पत्रकार सुब्बाले नेपाली ईतिहासमा पत्रकारिताको उत्पति र संघर्षका बारेमा चर्चा गर्दै सो श्रेष्ठद्वारा लिखित पुस्तकले सुनसरीमा स्थापित मिडियाहरूको चित्रण प्रस्तुत गरेको बताए ।
लेखक श्रेष्ठले आफूद्वारा लिखित पुस्तकले सुनसरीको पत्रकारितामा देखिएका प्रवृत्तिदेखि पत्रकारहरूको पुस्तालाई पनि केलाइएको बताए । ‘सुनसरीमा स्थापित मिडियाहरूले पत्रकार उत्पादनमा खेलेको भूमिका र उनीहरूको अवस्थालाई पनि पुस्तकमा चित्रण गरिएको छ ।’ उनले भने ।
विमोचन कार्यक्रममा सुनसरीका पत्रकार, बुद्धिजीवी तथा प्राज्ञिक व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ सुनसरीका पूर्वअध्यक्ष राजेश विद्रोहीले गरेका थिए ।
रेवाहाङ्ग स्मृति प्रतिष्ठानले बास्केटबल प्रतियोगितालाई निरन्तरता दिने
# गणतन्त्र खबर
गणतन्त्र खबर, धरान । रेवाहाङ रुछेन्बुङ राई स्मृति प्रतिष्ठान, धरानले रेवाहाङको स्मृतिमा सञ्चालन गर्दै आएको बास्केटबल प्रतियोगितालाई अझ व्यापकतामा
झापा र उदयपुरमा घुसका दुई घटना, एक पक्राउ र अर्काविरुद्ध आरोपपत्र दायर
# गणतन्त्र खबर
गणतन्त्र खबर, धरान । कोशी प्रदेशका दुई जिल्लामा घुससम्बन्धी छुट्टाछुट्टै भदौ ५ गते (हिजो) भएको घटनामा एक जना वन अधिकृत पक्राउ परेका छन् भने अर्का
विजयपुर दरबार विवाद :पहिलो वार्ता निष्कर्षविहीन, विज्ञ टोली बनाइने
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । धरान-१४ स्थित ऐतिहासिक विजयपुर दरबार क्षेत्रमा देखिंदै आएको विवाद समाधान गर्न सुरु गरिएको पहिलो चरणको छलफल निष्कर्षविहीन भएको छ

प्रतिकृया दिनुहोस