विश्व हुलाक दिवसमा सुनसरी हुलाकद्वारा सरस्वती बालआश्रमलाई सहयोग
गणतन्त्र खवर, धरान । १५२औ विश्व हुलाक दिवसको अवसरमा सुनसरी जिल्ला हुलाक कार्यालय धरानले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै धरान-३ स्थित सरस्वती बालआश्रमका बालबालिकालाई आवश्यक सामग्री सहयोग गरेको छ ।
विश्व हुलाक दिवसलाई यस वर्ष केही फरक र अर्थपूर्ण बनाउने उद्देश्यले कार्यालयले बालआश्रमलाई दैनिक जीवनमा आवश्यक पर्ने खाद्यान्न, सरसफाइका सामग्री तथा शैक्षिक सामग्री प्रदान गरेको हो ।
सुनसरी जिल्ला हुलाक कार्यालयका प्रमुख कृष्णकुमार कार्कीले सो सामग्री बालआश्रमकी अध्यक्ष रुक्मणी मास्केलाई हस्तान्तरण गरेका हुन् ।
सहयोग सामग्रीमा खानेतेल, मसलाहरू, लुगा धुने र नुहाउने साबुन, आटा, सिसाकलम, पेन्सिल, बिस्कुटलगायतका सामग्री रहेका छन् । बालआश्रमसँगको सल्लाहअनुसार बालबालिकालाई आवश्यक पर्ने सामग्री छनोट गरी सहयोग गरिएको कार्यालय प्रमुख कार्कीले बताए ।
सानो सहयोगले पनि कसैको जीवनमा खुसी ल्याउन सक्छ भन्ने भावनाका साथ कार्यक्रम आयोजना गरिएको उनले बताए । ‘हुलाक सेवा विभागको निर्देशनअनुसार विभिन्न निर्देशनालय तथा जिल्ला हुलाक कार्यालयले विश्व हुलाक दिवसको अवसरमा सामाजिक कार्य गर्नुपर्ने बताए बमोजिम सो कार्य गरेका छौ ।’ उनले भने ।
कार्यालय प्रमुख कार्कीले हुलाकको काम चिठीपत्र र पार्सल ओसारपसारमा मात्र सीमित नभई समाजसँग जोडिएर जनताको सेवामा पनि योगदान पुर्याउनु रहेको बताए । बालआश्रमका बालबालिकालाई सहयोग सामग्री हस्तान्तरण गर्दा उनीहरूलाई हुलाक कार्यालयले गर्ने काम र हुलाक सेवाको महत्त्वबारे जानकारी दिने उद्देश्यसमेत रहेको उनले उल्लेख गरे ।
बालआश्रमकी अध्यक्ष रुक्मणी मास्केले विभिन्न संघसंस्था तथा व्यक्तिहरूको सहयोगबाट आश्रम सञ्चालन हुँदै आएको बताइन् । उनले विश्व हुलाक दिवसको अवसर पारेर बालबालिकाका लागि आवश्यक सामग्री सहयोग गरेकोमा सुनसरी जिल्ला हुलाक कार्यालयप्रति धन्यवाद व्यक्त गरिन् ।
आश्रममा रहेका बालबालिकाका लागि दैनिक आवश्यक पर्ने सामग्री प्राप्त हुनु सहयोग मात्र नभई उनीहरूप्रतिको माया र सद्भावको अभिव्यक्तिसमेत हो । यस्ता सहयोगले बालबालिकालाई आफूहरूलाई माया गर्ने र साथ दिने मानिसहरू समाजमा छन् भन्ने अनुभूति गराउन मद्दत गर्छ ।
यसअघि विश्व हुलाक दिवसमा यस्ता सहयोगका कार्यक्रम नगरेको सुनसरी जिल्ला हुलाक कार्यालयले यसपटक सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै नयाँ अभ्यासको सुरुवात गरेको हो । सानो प्रयासबाट भए पनि समाजमा सकारात्मक सन्देश दिन सकिने विश्वास कार्यालयले लिएको छ ।
विश्व हुलाक दिवस हरेक वर्ष अक्टोबर ९ मा मनाइन्छ । सन् १८७४ अक्टोबर ९ मा स्विट्जरल्यान्डको बर्नमा विश्व हुलाक सङ्घ स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । सन् १९६९ मा जापानको टोकियोमा सम्पन्न विश्व हुलाक सङ्घको कङ्ग्रेसले अक्टोबर ९ लाई विश्व हुलाक दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।
नेपालले सन् १९५६ जुलाई ११ मा विश्व हुलाक सङ्घको सदस्यता प्राप्त गरेको थियो । विश्वभर हुलाक सेवालाई भरपर्दो र प्रभावकारी बनाउँदै नागरिकसम्म सञ्चारको पहुँच विस्तार गर्नु यस दिवसको मुख्य उद्देश्य हो ।
विश्व हुलाक दिवसको अवसरमा सरस्वती बालआश्रमलाई गरिएको यो सहयोगले हुलाक सेवा र सामाजिक सेवाबीचको सम्बन्धलाई थप बलियो बनाउने सन्देश दिएको छ ।
प्रहरी दिवसको पूर्वसन्ध्यामा विजयपुरमा सरसफाइ
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । ७१ औँ प्रहरी दिवसको पूर्वसन्ध्यामा नेपाल प्रहरी प्रदेश कार्यालय धरानले धरान १४ स्थित विजयपुर गढीमा रहेको पञ्चकन्या मन्दिर
विराटनगरमा दशैंअघि दैनिक एक करोड भन्दा बढी लिटर खानेपानी वितरण गरिँदै
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको पहलमा अघि बढाइएको बृहत्तर खानेपानी परियोजना सञ्चालनको अन्तिम चरणमा पुगेको छ ।
प्रसिद्ध शक्तिपीठ र मन्दिर जाने मार्गहरूमा धरान १४ नं. वडाको सरसफाइ
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । नेपालीहरूको महान् पर्व बडादशैं तथा नवरात्र सुरु भएसँगै धरान-१४ नं. वडा कार्यालयले प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल जाने बाटो,

प्रतिकृया दिनुहोस