प्रहरी दिवसको पूर्वसन्ध्यामा विजयपुरमा सरसफाइ
गणतन्त्र खवर, धरान । ७१ औँ प्रहरी दिवसको पूर्वसन्ध्यामा नेपाल प्रहरी प्रदेश कार्यालय धरानले धरान १४ स्थित विजयपुर गढीमा रहेको पञ्चकन्या मन्दिर परिसरमा सरसफाई कार्यक्रम गरेको छ । शुक्रबार, प्रहरी अधिकृत तथा जवानहरूले हाइकिङसँगै सो क्षेत्रको सरसफाइ गरेका हुन् ।
नेपाल प्रहरीको ‘सत्य सेवा सुरक्षणम्’ भन्ने मूल आदर्शलाई आत्मसात् गर्दै स्वास्थ्य सचेतना, वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वलाई जोडेर कार्यक्रम आयोजना गरिएको नेपाल प्रहरी प्रदेश कार्यालय धरानले जनाएको छ ।
प्रहरी टोलीले विजयपुरको प्राकृतिक तथा धार्मिक पदमार्ग हुँदै दन्तकाली मन्दिरसम्म पैदल यात्रा गरेको थियो । त्यसैक्रममा मन्दिर परिसर तथा आसपासमा छरिएका प्लास्टिकजन्य फोहोर, पातपतिङ्गर र अन्य फोहोर संकलन गरी व्यवस्थापन गरेका हुन् ।
उक्त कार्यक्रम धरान उपमहानगरपालिका वडा नं. १४ को संयोजनमा सम्पन्न भएको हो । सोही सरसफाई कार्यक्रममा सहभागी हुँदै वडाका अध्यक्ष कृष्ण प्रसाद भट्टराईले सरसफाईको जिम्मेवारी प्रत्येक नागरिकको रहेको बताए ।
उनले प्रत्येक नागरिकले आफ्नो घरआँगन, सडक र बारीको सीमाना जोडिएको बाटो दैनिक बिहान सफा गर्ने बानी बसाल्नुपर्ने समेत बताए ।
विजयपुर क्षेत्र धार्मिक पर्यटनको प्रमुख गन्तव्य भएकाले धार्मिक आस्थाका केन्द्रहरूको संरक्षणसँगै वातावरणीय स्वच्छता कायम राख्न सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको उनको भनाइ थियो ।
यस अघि, १४ नं. वडा कार्यलयले नगरका सरसफाई कर्मी कर्मचारीको सहभागितामा नजिकिँदै गरेका बडादशैं, तिहार, छठ पर्वलाई लक्षित गरी विजयपुर क्षेत्रका शक्तिपिठ र प्रसिद्ध मन्दिरका पदमार्ग, बाटो र सिंढीहरुमा सरसफाई कार्य तिब्र बनाईरहेको छ ।
विश्व हुलाक दिवसमा सुनसरी हुलाकद्वारा सरस्वती बालआश्रमलाई सहयोग
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । १५२औ विश्व हुलाक दिवसको अवसरमा सुनसरी जिल्ला हुलाक कार्यालय धरानले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै धरान-३ स्थित सरस्वती
विराटनगरमा दशैंअघि दैनिक एक करोड भन्दा बढी लिटर खानेपानी वितरण गरिँदै
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको पहलमा अघि बढाइएको बृहत्तर खानेपानी परियोजना सञ्चालनको अन्तिम चरणमा पुगेको छ ।
प्रसिद्ध शक्तिपीठ र मन्दिर जाने मार्गहरूमा धरान १४ नं. वडाको सरसफाइ
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । नेपालीहरूको महान् पर्व बडादशैं तथा नवरात्र सुरु भएसँगै धरान-१४ नं. वडा कार्यालयले प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल जाने बाटो,

प्रतिकृया दिनुहोस