मधेश प्रदेशको सिरहामा १५२ किलो गाँजा बरामद
गणतन्त्र खवर, धरान । मधेश प्रदेशको सिरहा जिल्लामा रहेको नवराजपुर गाउँपालिका-५ झाझपट्टीस्थित नेपाल-भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५२ किलोभन्दा बढी गाँजा बरामद गरेको छ ।
नेपालबाट भारततर्फ गाँजा लैजाँदै गरेको अवस्थामा बुधबार राति प्रहरीले गाँजा फेला पारेको हो ।
सशस्त्र प्रहरीका अनुसार राति करिब १२ बजे बीओपी नवराजपुरबाट खटिएको सात सदस्यीय मोटरसाइकल गस्ती टोलीले गाँजा बरामद गरेको थियो । उक्त टोली सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा खटिएको थियो ।
गस्ती टोलीले सीमा क्षेत्रमा केही व्यक्तिले टाउकोमा बोकेर गाँजा भारततर्फ लैजाँदै गरेको देखेको थियो । प्रहरीलाई देखेपछि उनीहरूले गाँजा बोकेका नौ बोरा छाडेर फरार भएका थिए ।
बरामद गाँजा कालो प्लास्टिकमा प्याक गरी बोराभित्र राखिएको अवस्थामा भेटिएको थियो । प्लास्टिकसहित गाँजाको कुल तौल १५२ किलो १६० ग्राम रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीका एसपी सुमन जंग थापाका अनुसार बरामद गाँजालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको छ ।
भाकल पूरा भएको खुसीमा विजयपुर गढीको 'युमा थेबा थान'मा घण्टी चढाइयो
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । बिहानको मिर्मिरे उज्यालो थियो । विजयपुर डाँडाको विशाल सालघारीमा चिसो हावा चलिरहेको थियो । धरान उपमहानगरपालिका-१४ स्थित ऐतिहासिक
नेपाली सेनाको सलामी र तोपको गडगडाहटबीच दन्तकालीमा फूलपाती भित्र्याइयो
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । नेपाली सेनाको सलामी, तोपको गडगडाहट, नौमतीबाजा, बेण्डबाजा र भजनकीर्तनको गुञ्जनबीच धरान-१४ विजयपुरस्थित प्रसिद्ध शक्तिपीठ
धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । धरान उपमहानगरपालिका-८ भोटेपुलस्थित कोशी लोकमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहीबार दिउँसो करिब ३:३०

प्रतिकृया दिनुहोस