• ३० असोज २०८३ शुक्रबार/ Friday 10-16-2026

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

गणतन्त्र खवर, धरान । धरान उपमहानगरपालिका-८ भोटेपुलस्थित कोशी लोकमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बिहीबार दिउँसो करिब ३:३० बजे धरानबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १-०२-०५९ प ३०९३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको प्रदेश १-०२-००२ ख ०९५९ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

दुर्घटनामा धनकुटा नगरपालिका-९ बेलहराका ३६ वर्षीय दीपेन्द्र राज राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले ट्रक, मोटरसाइकल र ट्रक चालक भोजपुरको षडानन्द नगरपालिका-१३ बोयाका ३५ वर्षीय नानी काजी श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।

मृतकको शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । दुर्घटनापछि अवरुद्ध हुन सक्ने सडक हाल सुचारु रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहोस

वीपी प्रतिष्ठान धरानमा ल्याब रिपोर्ट निकाल्न अब लाइन बस्नु नपर्ने

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले बिरामीलाई सहज सेवा दिन स्वचालित ल्याब रिपोर्ट प्रिन्ट गर्ने मेसिन सञ्चालनमा

‘देश खोजिरहेछु’सँगै अनाम रंगमञ्चको पुनरागमन

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । धरानमा विसं २०४४ साल चैत २२ गते स्थापना भएको अनाम नाट्य जमात फेरि अनाम रंगमञ्चका रूपमा सक्रिय भएको छ । लामो समयपछि रंगमञ्चमा

सुरेन्द्र लिम्बुको नेतृत्वमा चुनावी मैदानमा उत्रिने नेपाली कम्युनिष्ट पार्टी धरान-५ को घोषणा

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । आगामी स्थानीय तहको निर्वाचनको मिति औपचारिक रूपमा तय भइनसके पनि धरानमा राजनीतिक दलहरूको गतिविधि विस्तारै बढ्न थालेको छ । दसैँ,

↑