• २० कार्तिक २०८३ बिहीबार/ Thursday 11-05-2026

‘हिबिस्कस क्विजमेनिया’को पाँचौँ संस्करण आगामी पुस ९ र १० गते

ज्ञानको दायरा फराकिलो बनाउन यस पटक आईक्यू प्रश्न समेत सोधिने

ट्रफीको अनावरण गर्दै हिविस्कस क्विज मेनिया सिजन ५ को घोषणा

गणतन्त्र खवर, धरान । विद्यार्थीहरूमा सामान्य ज्ञान बृद्धि सँगै भविष्यमा लोक सेवा आयोग परीक्षा उत्तीर्ण गर्न सक्ने क्षमता विकास गर्ने लक्ष्यसहित प्रतियोगित सञ्चालन गर्दै आएको धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले ‘हिबिस्कस क्विजमेनिया’को पाँचौँ संस्करण आगामी पुस ९ र १० गते गर्ने भएको छ । 

गत बर्ष देखि देशैभरी खुल्ला हाजिरी जवाफ प्रतियोगिता गर्दै आएको विद्यालयले यस वर्ष प्रतियोगितालाई थप व्यापक र प्रतिस्पर्धात्मक बनाउने कुरा शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । 

प्रतियोगिताको यस संस्करणमा नेपालभरिका एक सयभन्दा बढी विद्यालयको सहभागिता रहने रहने आयोजकको जनाएको छ । प्रतियोगितालाई अझ प्रभावकारी र सहभागितामूलक बनाउन इच्छुक विद्यालयहरूलाई खुला रूपमा सहभागी गराइने प्रतियोगिता संयोजक सुवास मोक्तानले बताए ।  

यस वर्षको प्रतियोगितामा विद्यार्थीहरूको ज्ञानको दायरा फराकिलो बनाउने उद्देश्यले पाठ्यक्रममा पहिलोपटक बौद्धिक क्षमता परीक्षण गर्ने आईक्यू (IQ) सम्बन्धी प्रश्नसमेत समावेश गरिएको छ । आईक्यू सँगै सदा झै सौर्यमण्डल तथा विश्व र नेपालको भूगोल, विश्व र नेपालको इतिहास, नेपालको सामाजिक तथा आर्थिक अवस्था र शासन पद्धति, विज्ञान तथा प्रविधि, जनस्वास्थ्य र वातावरण, अन्तर्राष्ट्रिय सम्बन्ध तथा समसामयिक गतिविधि समेटिएका विधाले विजेताहरुलाई लोक सेवा आयोग पास गर्न सक्ने क्षमताको अभिवृद्धि गर्ने विश्वास लिएको प्रवन्ध निर्देशक गंगाराम राईले बताए । 

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा छ टोली मात्र फाईनलमा 

प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुनेछ । पहिलो दिन प्रारम्भिक चरणमा सहभागी टोलीहरूलाई समूहगत रूपमा लिखित प्रश्न दिइनेछ । उक्त चरणबाट उत्कृष्ट प्रदर्शन गर्ने छ टोली फाइनल चरणका लागि छनोट हुनेछन् । छनोट भएका टोलीबीच पुस १० गते फाइनल प्रतिस्पर्धा हुनेछ । सहभागी टोलीको संख्या विद्यालयमा व्यवस्थापन गर्न सम्भव नभएमा प्रारम्भिक चरण अन्य उपयुक्त स्थानमा समेत सञ्चालन गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट हुने टोलीहरूका लागि आकर्षक नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्रको व्यवस्था गरिएको छ । प्रथम हुने टोलीले नगद २० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले १५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पाउनेछ भने तेस्रो हुने टोलीले यस वर्षदेखि वृद्धि गरिएको १२ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यसैगरी चौथो हुने टोलीलाई ६ हजार, पाँचौँ हुनेलाई ४ हजार र छैटौँ हुने टोलीलाई २ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ । विशेषगरी तेस्रो पुरस्कारको राशि गत वर्षको तुलनामा २ हजार रुपैयाँले वृद्धि गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितालाई केवल पुरस्कार जित्ने प्रतिस्पर्धाका रूपमा मात्र नभई विद्यार्थीहरूबीच ज्ञान आदानप्रदान, आत्मविश्वास अभिवृद्धि र स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने शैक्षिक अभियानका रूपमा विकास गर्न खोजिएको प्रवन्ध निर्देशक  राईले बताए । 

सुवास मोक्तानको संयोजकत्वमा समिति

यस वर्षको प्रतियोगितालाई अझ व्यवस्थित, निष्पक्ष र प्रभावकारी बनाउन विद्यालयका शिक्षक सुवास मोक्तानको संयोजकत्वमा समिति निर्माण गरिएको छ ।

समितिको सहसंयोजकमा विकास साह, सचिवमा नयन राज राई, प्राविधिकतर्फ मनीष श्रेष्ठ, मिडिया संयोजनमा अभिभावक भोला श्रेष्ठ तथा सल्लाहकारमा विद्यालयका प्रबन्ध निर्देशक गंगाराम राई रहेका छन् ।

हिबिस्कस क्विजमेनियाको विगतका संस्करणहरूमा विभिन्न विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । 

पहिलो संस्करणमा हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल विजेता बनेको थियो भने दोस्रो संस्करणमा नेपाल प्रहरी स्कुलले उपाधि जितेको थियो । तेस्रो संस्करणमा पुनः हिबिस्कस स्कुल विजेता बनेको थियो । चौथो संस्करणमा मोरङको साजिलाल माध्यमिक विद्यालयले उपाधि हात पारेको थियो ।

 

 

प्रतिकृया दिनुहोस

मधेश प्रदेशको सिरहामा १५२ किलो गाँजा बरामद

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । मधेश प्रदेशको सिरहा जिल्लामा रहेको नवराजपुर गाउँपालिका-५ झाझपट्टीस्थित नेपाल-भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५२

भाकल पूरा भएको खुसीमा विजयपुर गढीको 'युमा थेबा थान'मा घण्टी चढाइयो

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । बिहानको मिर्मिरे उज्यालो थियो । विजयपुर डाँडाको विशाल सालघारीमा चिसो हावा चलिरहेको थियो । धरान उपमहानगरपालिका-१४ स्थित ऐतिहासिक

नेपाली सेनाको सलामी र तोपको गडगडाहटबीच दन्तकालीमा फूलपाती भित्र्याइयो

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । नेपाली सेनाको सलामी, तोपको गडगडाहट, नौमतीबाजा, बेण्डबाजा र भजनकीर्तनको गुञ्जनबीच धरान-१४ विजयपुरस्थित प्रसिद्ध शक्तिपीठ

↑