रेखा पौडेलको उत्कृष्ट प्रदर्शनले नेपाल पुलिसको फराकिलो जित
गणतन्त्र खवर, धरान । रेखा पौडेलको उत्कृष्ट प्रदर्शनसँगै नेपाल पुलिस क्लबले पहिलो धरान अन्तर्राष्ट्रिय महिला गोल्डकपमा शानदार जित गरेको छ ।
धरान-१६ स्थित रंगशालामा जारी प्रतियोगिताको हिजो मंगलबार भएको चौथो खेलमा नेपाल पुलिस क्लबले ८-० गोलको फराकिलो अन्तरले काकरभिट्टा महिला फुटबल क्लबलाई पराजित गरेको हो ।
नेपाल पुलिसकी रेखा पौडेलले एक्लैले ६ गोल गरिन् । उनले खेलको २७औँ, ३९औँ, ४५औँ र ४६औँ मिनेटमा पहिलो हाफमै चार गोल गरेकी थिइन्। दोस्रो हाफमा पनि उनले ८औँ र ४१औँ मिनेटमा गोल थप्दै आफ्नो गोल संख्या ६ पुर्याइन् ।
त्यस्तै, नेपाल पुलिसका लागि सम्झना लावतीले खेलको १९औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् । मीना देउवाले ४२औँ मिनेटमा अर्को गोल थपिन् ।
खेलभरि नेपाल पुलिसले बलमाथि राम्रो नियन्त्रण राख्दै विपक्षी टोलीमाथि दबाब बनाएको थियो । काकरभिट्टाले गोल फर्काउने अवसर सिर्जना गर्न नसक्दा नेपाल पुलिसले एकपक्षीय जित निकाल्न सफल भयो ।
खेलमा ६ गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेकी नेपाल पुलिसकी रेखा पौडेल प्लेयर अफ द म्याच घोषित भइन् । उनले पुरस्कारस्वरूप नगद १० हजार रुपैयाँ प्राप्त गरिन् ।
यस जितसँगै नेपाल पुलिस क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । अब नेपाल पुलिसले मंसिर ३ गते आयोजक स्वर्णिम क्लब धरानसँग प्रतिस्पर्धा गर्नेछ ।
यसैगरी, आज बुधबार विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ ।
प्रतियोगिताको फाईनलमा विजेता टोलीले ५ लाख रुपैयाँ, धरानको पहिचान बोकेको ट्रफी र उपविजेता टोलीले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ईभी स्कुटर पाउनेछन् । त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीले १५ हजारका दरले जनही नगद पुरस्कार तथा मेडल पाउनेछन् ।
पहिलो धरान महिला गोल्डकपको तेस्रो खेलमा त्रिभुवन आर्मीको फराकिलो जित
# खेलकुद
गणतन्त्र खवर, धरान । पहिलो धरान अन्तर्राष्ट्रिय महिला गोल्डकप अन्तर्गत भएको तेस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले बागमती युवा क्लबलाई ९-० गोलको
सजिनाको ह्याट्रिकमा स्वर्णिमको शानदार जित, ५-० ले उदयपुर पराजित
# खेलकुद
गणतन्त्र खवर, धरान । डी-१९ क्लब, धरान१९ को आयोजना भईरहेको पहिलो धरान अन्तर्राष्ट्रिय महिला गोल्डकपको दोश्रो खेलमा घरेलु टोली स्वर्णिम फुटबल क्लबले
पहिलो धरान महिला गोल्डकपमा एपीएफको दमदार सुरुवात, झारखण्ड ७-० ले पराजित
# खेलकुद
गणतन्त्र खवर, धरान । पहिलो धरान अन्तर्राष्ट्रिय महिला गोल्डकपमा विभागीय टोली एपीएफ फुटबल क्लबले विजयी सुरुवात गरेको छ । डी-१९ क्लब, धरान-१९ को

प्रतिकृया दिनुहोस