• ८ मङ्सिर २०८३ सोमबार/ Monday 11-23-2026

बाँझगरालाई जीवन्त राख्न पहिलोपटक ‘धरान बाँझगरा रन २०८३’को आयोजना गरिँदै

गणतन्त्र खवर, धरान । धरान वडा नं. ४, ५, ६ र १५ रहेको बाँझगराको नाम र इतिहासलाई जीवन्त राख्न तथा नयाँ पुस्तासम्म चिनाउने उद्देश्यले पहिलोपटक ‘धरान बाँझगरा रन २०८३’ आयोजना गरिने भएको छ ।

वडा नं. १५ मा आयोजना हुन लागेको दौड प्रतियोगिताले बाँझगराको ऐतिहासिक परिचयलाई पुनः स्थापित गर्न र स्थानीय एकतालाई समेत कायम गर्ने विश्वास आयोजकको रहेको छ । 

यही मंसिर २० गते प्रतियोगिता गरिने धरान बाँझगरा रनका संयोजक सुवास खवासले बताएका छन् । उनका अनुसार १७ देखि ३९ बर्ष उमेर समूह खुल्ला महिला पुरुष र त्यो भन्दा माथिका पुरुष भेट्रान्स समुहका लागि ५ किलोमिटर र १६ बर्ष मूनिका उमेर समूह महिला पुरुषका लागि ३ किलोमिटर मात्र दुरी कायम गरिएको छ । 

वडाका विद्यार्थी बाहेक सवै सहभागी धरान ४,५,६ र १५ का वडावासी हुनुपर्ने अन्य वडावासीले नपाउने प्रतियोगिता आयोजकका सचिव दल बहादुर तामाङले जनाएका छन् । उनका अनुसार दर्ता शुल्क रु ३०० राखिएको छ । सो सुल्क भित्र सहभागीले आयोजकले तयार गरेको टि सर्ट पाउनेछन । 

धरान १५ स्थित रहेको भलिबल ग्राउण्डमा कार्यक्रमको आयोजना गरेको आयोजकले १५ सय भन्दा बढिले सहाभागिता जनाउने अनुमान गरेको छ । 

भेट्रान्स समूहमा पुरुषमात्र सहाभागी हुने 

करिव ८ लाख ५५ हजारको आय अनुमान गरको आयोजकले दौड प्रतियोगितामा भेट्रान्स समूहमा पुरुष मात्र सहाभागी गराउने भएको छ । 

उनीहरुको समूहमा प्रथम हुनेले रु ५ हजार, दोश्रो ३ हजार र तेश्रोले २ हजार नगद पुरस्का पाउने संयोजक खवासले जानकारी दिए । उनका अनुसार ५ किलोमिटर खुल्ला प्रतियोगितामा महिला तर्फ विजयी प्रथमले रु १० हजार, दोश्रो ६ हजार र तेश्रो ४ हजार पाउनेछन् भने खुल्ला पुरुष तर्फ पनि सोही कायम हुनेछ । 

१६ बर्षका पुरुष तर्फका लागि प्रथम ५ हजार, दोश्रो ३ हजार र तेश्रो २ हजार र महिला तर्फ पनि सोही अनुसार नै पुरस्कार वितवरण गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा निर्धारित दूरी पूरा गर्ने सहभागीलाई प्रमाणपत्र र मेडल प्रदान गरिने व्यवस्था गरिएको छ ।

बढ्दो शहरीकरणको मारमा बाँझगरा 

बाँझगरा नामको लामो ईतिहास रहे पनि पछिल्लो समय बस्ती विस्तार, सडक तथा टोलहरूको नयाँ नामकरणसँगै बाँझगरा नाम क्रमशः ओझेलमा पर्दै गएको छ । 

विसं २०१७ साल कात्तिक ३० गते राजा महेन्द्रको शासनकालमा बाँझगरा गाउँ पञ्चायत गठन भएको धरान १५ का वडा अध्यक्ष नरेश ईवाराले बताएका छन् । उनका अनुसार पछि प्रशासनिक संरचनामा परिवर्तन हुँदै गाउँ पञ्चायतका केही वडा नगर क्षेत्रमा समेटिएका थिए भने बाँकी वडाहरू पञ्चकन्या गाविसका रूपमा रहेका थिए । हाल ऐतिहासिक बाँझगरा क्षेत्र धरान उपमहानगरपालिकाका वडा नं. ४, ५, ६ र १५ मा समेटिएको छ ।

यस वर्षको रन बाँझगरा क्षेत्रका वडा नं. ४, ५, ६ र १५ लाई समेटेर स्थानीय स्तरमा आयोजना गरिने र आगामी वर्षहरूमा प्रतियोगितालाई नगर, जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरसम्म विस्तार गर्ने लक्ष्य समेत राखिएको वडा अध्यक्ष ईवारामले बताए ।  

‘धरान बाँझगरा रन २०८३’ केवल दौड प्रतियोगिता मात्र नभई बाँझगराको ईतिहास, स्थानीय पहिचान र सामुदायिक एकतालाई जोगाउने अभियानका रूपमा अघि बढाइएको आयोजकको भनाइ छ । यसले नयाँ पुस्तालाई आफ्नो ठाउँको इतिहास बुझ्न प्रेरित गर्नुका साथै स्वस्थ जीवनशैली अपनाउन पनि प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस

वीपी प्रतिष्ठान धरानमा पार्किन्सन रोगबारे सचेतना कार्यक्रम, उपचार र हेरचाहबारे जानकारी

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । पार्किन्सन (नशा सुक्ने) रोगको पहिचान, उपचार, पुनर्स्थापना तथा बिरामीको दैनिक हेरचाहबारे जनचेतना फैलाउने उद्देश्यले धरानमा विशेष

राष्ट्रिय कर दिवसमा धरानमा प्रभातफेरी, सप्ताहमा करसम्बन्धी जानकारी दिईने

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । राष्ट्रिय कर दिवस-२०८३ को अवसरमा धरानमा कर सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ । आन्तरिक राजस्व कार्यालय धरानको आयोजनामा,

विराटनगरमा जग्गाको कित्ताकाट खुल्यो, एक महिनाभित्र भू-सेवा सञ्चालन हुने

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । लामो समयदेखि रोकिँदै आएको जग्गाको कित्ताकाट खुला भएसँगै विराटनगर महानगरपालिका क्षेत्रभित्रको घरजग्गा कारोबारले पुनः गति लिने

↑