धरानलाई सडक आश्रित मानवमुक्त नगर घोषणा, कार्यान्वयनमा जोड
गणतन्त्र खवर, धरान । धरान उपमहानगरपालिकालाई ‘सहयोगापेक्षी सडक आश्रित मानव तथा बालबालिकामुक्त नगर’ घोषणा गरिएको छ । शुक्रबार धरान-२ स्थित भानुचोकमा विशेष समारोहको आयोजना गरी घोषणा गरिएको हो ।
सडकमा आश्रित, बेसहारा तथा सहयोगापेक्षी अवस्थामा रहेका मानिसलाई उद्धार, संरक्षण र उचित व्यवस्थापन गर्दै मानवीय सम्मानसहित जीवनयापनको वातावरण सुनिश्चित गर्ने उद्देश्यले गरिएको यस घोषणालाई सामाजिक उत्तरदायित्व र मानवीय सेवाको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।
कोशी प्रदेशका १३७ पालिकामध्ये धरान पहिलो
घोषणा सभालाई प्रमुख आतिथ्यता ग्रहण गदै कोशी प्रदेशकी सामाजिक विकास मन्त्री गीता तिम्सिनाले कोशी प्रदेशका १३७ पालिकामध्ये धरान पहिलो स्थानमा उभिन सफल भएको बताएकी छिन् ।
मन्त्री तिम्सिनाले धरानलाई सडक आश्रित मानवमुक्त घोषणा गर्न सफल हुनु प्रदेशकै लागि गौरवको विषय भएको बताउँदै घोषणा कार्यान्वयनमा निरन्तरता दिन सबै पक्ष प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिइन् ।
उनले भनिन् ‘‘यहाँहरूको अनुहार हेर्दा पक्का पनि यो सडक मानव मुक्त धरान घोषणा, यो सफल हुन्छ । मलाई विश्वास लागेको छ, यहाँहरू त्यो प्रतिबद्धतामा निरन्तर अगाडि बढिरहनुहुनेछ ।’’
मन्त्री तिम्सिनाले सडकमा बेसहारा अवस्थामा रहेका मानिसलाई सहयोग र संरक्षण गर्न बालबालिकादेखि नागरिक समाजसम्म सबै सचेत हुनुपर्ने बताइन् । बालबालिकामा समेत असहाय मानिसलाई सहारा दिनुपर्छ भन्ने मानवीय चेतना विकास हुनु सकारात्मक पक्ष भएको उनको भनाइ थियो ।
‘‘उहाँहरूको उपस्थितिमा हामीले यो धरानलाई सडक मानव मुक्त पालिका घोषणा गरेका छौँ । कलिला भाइबहिनीहरूकै चेतनामा परिसक्यो कि अब मानवहरू जो चाहिँ सडकमा, सडक आश्रित भएर बस्नुहुँदैन, बेसहारा मानवहरूलाई हामीले सहारा दिनुपर्छ भन्ने बालबालिकालाई पनि परेको छ ।’’ उनले भनिन् ।
उनले कोशी प्रदेश सरकार स्थानीय तह र विभिन्न संघसंस्थासँग सहकार्य गर्दै सडक आश्रित मानव तथा बालबालिकामुक्त समाज निर्माणको अभियानलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् । नीतिगत, व्यावहारिक र बजेट व्यवस्थापनका पक्षबाट समेत प्रदेश सरकारले सहयोग गर्ने बताउँदै धरानले प्राप्त गरेको उपलब्धिलाई निरन्तरता दिन आग्रह गरिन् ।
मानव सेवा आश्रमको अभियान स्थानिय देखि प्रदेश हुँदै राष्ट्रसम्म विस्तार गर्ने लक्ष्य
सहयोगापेक्षी, बेसहारा, अशक्तको उद्धार, उपचार, पालनपोषण र पारिवारिक पुनर्मिलन गराउने कार्य गर्दै आएको सामाजिक संस्थाका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले सडकमा बेसहारा अवस्थामा रहेका मानिसको उद्धार, आश्रय, संरक्षण तथा सेवाका लागि विभिन्न स्थानीय तहसँग सहकार्य भइरहेको जानकारी दिए ।
अधिकारीले कोशी प्रदेशलाई नै सहयोगापेक्षी सडक आश्रित मानवमुक्त प्रदेश घोषणा गर्ने लक्ष्यका साथ अभियान अगाडि बढाइएको बताए । यसका लागि प्रदेश सरकार, स्थानीय तह र मानव सेवा आश्रमबीच सहकार्य भइरहेको उनको भनाइ थियो ।
उनले कर्णाली, गण्डकी र बागमती प्रदेश सहयोगापेक्षी सडक आश्रित मानवमुक्त प्रदेश घोषणा भइसकेको जानकारी दिँदै लुम्बिनी प्रदेशलाई पनि औपचारिक घोषणा गर्ने तयारी भइरहेको बताए । आगामी दिनमा देशभर सडक पेटीमा कोही पनि बेसहारा, अभिभावकविहीन वा असहाय अवस्थामा बस्न नपर्ने वातावरण निर्माण गर्ने अभियानमा आश्रम जुटिरहेको उनले बताए ।
अधिकारीले नेपाल धार्मिक, सांस्कृतिक तथा मानवीय परम्पराले समृद्ध देश भएकाले सडकमा कोही पनि अनाथ र बेसहारा भएर बस्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने धारणा राख्दै मानव सेवा र करुणालाई सबैको साझा दायित्व बनाउन आग्रह गरे ।
कोशी प्रदेशसभा सदस्य रमेश बस्नेत तथा घोषणा सभाका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा, नेकपा एमाले धरानका अध्यक्ष हर्कजङ एभेङ, नेपाल आदिवासी जनजाति महासंघ, धरान नगर समन्वय परिषद्का अध्यक्ष हेमराज जिमी याक्खा, नगर कार्यपालिका सदस्य सृजना नेपाल लगायतले सम्वोधन गरेका थिए ।
उनीहरूको साझा धारणा घोषणालाई व्यवहारमा उतार्न सबै पक्षले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने, अभियानको निरन्तरता कायम राख्नुपर्ने र बेसहारा मानिसहरूको संरक्षणमा प्रभावकारी व्यवस्था गर्नुपर्ने रहेको थियो ।
आसरा सुधार केन्द्रमा नयाँ आयाम थपिँदै, महिला सुधार केन्द्र भवन शिलान्यास
# गणतन्त्र खबर
रोहित कुमार बस्नेत (डेविट) गणतन्त्र खवर, धरान । लागूऔषध दुर्व्यसनमा फसेका महिलाहरूलाई पनि सुरक्षित वातावरणमा उपचार, परामर्श र पुनःस्थापनाको अवसर
रेश्मा र प्रनिता बने हिबिस्कस डान्सिङ सिङ्गिङ आइडलका विजेता
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । धरान-१५ स्थित हिबिस्कस ईङ्लिस् वोर्डिङ स्कुलको आयोजनामा हिविस्कस सिंगिङ डान्सिङ आइडल सम्पन्न भएको छ । विद्यार्थीहरूको प्रतिभा,
बाँझगरालाई जीवन्त राख्न पहिलोपटक ‘धरान बाँझगरा रन २०८३’को आयोजना गरिँदै
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । धरान वडा नं. ४, ५, ६ र १५ रहेको बाँझगराको नाम र इतिहासलाई जीवन्त राख्न तथा नयाँ पुस्तासम्म चिनाउने उद्देश्यले पहिलोपटक ‘धरान

प्रतिकृया दिनुहोस