पाँचौँ मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल कप सुरु
पहिलो दिन चार टोली विजयी
गणतन्त्र खबर, श्रावण १५, धरान । डिपो माध्यमिक विद्यायलयले आयोजना गरेको पाँचौं अन्तर विद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कप प्रतियोगिता आजबाट सुरु भएको छ । डिपो माध्यमिक विद्यालयको खेल मैदानमा आज भएको चार खेलमा क्रमश हिमालयन मेघा एकाडेमी धरान, हिमशिखर इङ्लिस बोर्डिङ स्कुलल इटहरी, डिपो माध्यमिक विध्यालय धरान र दिल्ली पब्लिक स्कुल धरानले आप्mनो खेलमा जित निकालेका छन् ।
प्रतियोगितामा हिमालयन मेघा एकाडेमीले अरनिको इङ्लिस बोर्डिङ स्कुललाई ६१-३० अङ्कले पराजित गरेको थियो । खेलमा हिमालयन मेघाले प्रत्येक क्वाटरमा १२-८, १७-६, १५-७ र १६-९ अङ्कले जित निकालेको हो । यसैगरि हिमशिखर इङ्लिस बोर्डिङ स्कुलले सियोन स्कुल धरानलाई ३५-२३ अङ्कले पराजित गरेको थियो । हिमशिखरले प्रत्येक क्वाटरमा ७-५, १३-५, ७-५ र ८-८ अङ्कले जित निकालेको हो ।
यसैगरि डिपो माध्यमिक विद्यालय र आइडल बोर्डिङ स्कुल धरानबीच भएको उद्घाटन खेलमा डिपो माध्यमिक विद्यालय विजयी भयो । डिपोले २८-२० अङ्कले नतिजा आप्mनो पक्षमा पारेको थियो । खेलमा डिपोले प्रत्येक क्वाटरमा १०-४, ४-२, ६-८ र ८-६ को नतिजा निकालेको थियो । यसैगरि ब्राइट फ्युचर एकडेमी मोरङ खेल मैदानमा उपस्थित नभएपछि दिल्ली पब्लिक स्कुल धरानको स्वतः विजेता घोषित भएको थियो ।
कक्षा १० सम्मका विद्यार्थीलाई लक्षित गरिएको यो प्रतियोगितामा मोरङ, सुनसरी र झापाकागरि १६ विद्यालयले भाग लिएको छ । साउन १५ देखि १९ गतेसम्म हुने यो बास्केटबल प्रतियोगितामा विजेता टोलीले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
त्यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडी, उच्च स्कोरर र राइजिङ प्लेयरलाई पनि ट्रफी तथा प्रमाणपत्र पाउनेछन् । यो प्रतियोगिता विद्यालयका पूर्व अध्यक्ष तथा डिपोट सार्वजनिक शैक्षिक गुठीका संस्थापक अध्यक्ष स्वर्गीय मेजर श्रवण कुमार लिम्बुको स्मृतिमा आयोजना गर्न लागिएको हो । संस्थापक अध्यक्ष लिम्बूले विद्यालयको नेतृत्व गरिरहेकै बेला कोरोना महामारीमा २०७८ साल साउन १५ गते ज्यान गुमाएका थिए ।
पाँचौं अन्तर विद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कपको उपाधि प्रभातलाई
# खेलकुद
गणतन्त्र खबर, श्रावण १९, धरान । डिपो माध्यमिक विद्यायलयले आयोजना गरेको पाँचौं अन्तर विद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कपको उपाधि
पाँचौँ मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल: पाराडाइज र प्रभात फाइनलमा
# खेलकुद
गणतन्त्र खबर, श्रावण १८, धरान । डिपो माध्यमिक विद्यालयले आयोजना गरेको पाँचौँ अन्तरविद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कप
पाँचौँ मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल: चार विद्यालयको सेमिफाइनल यात्रा
# खेलकुद
गणतन्त्र खबर, श्रावण १७, धरान । डिपो माध्यमिक विद्यालयको आयोजनामा जारी पाँचौँ अन्तरविद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कप

प्रतिकृया दिनुहोस