• २४ श्रावण २०८३ आइतबार/ Sunday 8-09-2026

पाँचौँ मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल: पाराडाइज र प्रभात फाइनलमा

गणतन्त्र खबर, श्रावण १८, धरान । डिपो माध्यमिक विद्यालयले आयोजना गरेको पाँचौँ अन्तरविद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कप प्रतियोगिताको आज चौथो दिन भएको सेमिफाइनल खेलबाट प्रभात सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल, धरानले र पाराडाइज बोर्डिङ स्कुल, इटहरीले फाइनल यात्रा तय गरेका छन् ।

पहिलो सेमिफाइनलमा प्रभात सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल, धरानले हिमालयन मेगा एकेडेमी, धरानलाई ४७-४६ अंकको झिनो अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

प्रतिस्पर्धात्मक खेलमा प्रभातले पहिलो क्वाटरमा १५-१० अंकको अग्रता बनाएको थियो । दोस्रो क्वाटरमा हिमालयनले १५-४ अंकले जित निकाल्यो । तेस्रो क्वाटर प्रभातले २०-१३ अंकले आफ्नो पक्षमा पार्दा चौथो क्वाटर ८-८ अंकको बराबरीमा सकिएको थियो ।

प्रभातका नेमसाङ मगर खेलको ‘म्यान अफ द म्याच’ घोषित भए ।

दोस्रो सेमिफाइनलमा पाराडाइज बोर्डिङ स्कुल, इटहरीले हिमशिखर इङ्लिस बोर्डिङ स्कुल, इटहरीलाई ३९-२८ अंकले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

पाराडाइजले पहिलो क्वाटर १५-४ अंकले जितेको थियो । दोस्रो क्वाटर हिमशिखरले ७-५ अंकले आफ्नो पक्षमा पार्यो भने तेस्रो क्वाटर पनि हिमशिखरले ९-५ अंकले जित्यो । चौथो क्वाटरमा पाराडाइजले ९-८ अंकको जित निकाल्दै समग्र खेल आफ्नो पक्षमा पार्यो ।

पाराडाइजका प्रिन्स खत्री ‘म्यान अफ द म्याच’ घोषित भए ।

सेमिफाइनलमा विजयी प्रभात सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल, धरान र पाराडाइज बोर्डिङ स्कुल, इटहरीबीच उपाधिका लागि भोलि निर्णायक खेल हुनेछ। उपाधि दावेदार पाराडाइज यस प्रतियोगिताको चौथो संस्करणको उपविजेता टोलीसमेत हो ।

कक्षा १० सम्मका विद्यार्थीलाई लक्षित प्रतियोगितामा मोरङ, सुनसरी र झापाका १६ विद्यालयको सहभागिता रहेको थियो ।

प्रतियोगिताको विजेता टोलीले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता टोलीले नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । त्यसैगरी, प्रतियोगिताका उत्कृष्ट खेलाडी, उच्च स्कोरर र राइजिङ प्लेयरलाई पनि ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

विद्यालयका पूर्वअध्यक्ष तथा डिपोट सार्वजनिक शैक्षिक गुठीका संस्थापक अध्यक्ष स्वर्गीय मेजर श्रवणकुमार लिम्बूको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो । विद्यालयको नेतृत्व गरिरहेकै बेला कोरोना महामारीका क्रममा लिम्बूको २०७८ साल साउन १५ गते निधन भएको थियो ।

प्रतिकृया दिनुहोस

पाँचौं अन्तर विद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कपको उपाधि प्रभातलाई

# खेलकुद

गणतन्त्र खबर, श्रावण १९, धरान । डिपो माध्यमिक विद्यायलयले आयोजना गरेको पाँचौं अन्तर विद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कपको उपाधि

पाँचौँ मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल: चार विद्यालयको सेमिफाइनल यात्रा

# खेलकुद

गणतन्त्र खबर, श्रावण १७, धरान । डिपो माध्यमिक विद्यालयको आयोजनामा जारी पाँचौँ अन्तरविद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कप

मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल प्रतियोगिताको दोस्रो दिन चार खेल सम्पन्न

# खेलकुद

गणतन्त्र खबर, श्रावण १६, धरान । डिपो माध्यमिक विद्यालयले आयोजना गरेको पाँचौँ अन्तरविद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कप