पाँचौं अन्तर विद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कपको उपाधि प्रभातलाई
गणतन्त्र खबर, श्रावण १९, धरान । डिपो माध्यमिक विद्यायलयले आयोजना गरेको पाँचौं अन्तर विद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कपको उपाधि प्रभात सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुल, धरानले उचालेको छ । प्रभातले इटहरीका पाराडाइज बोर्डिङ स्कुललाई ३८-३० अङ्कले पराजित गरेको हो ।
प्रतियोगिताको चार क्वाटर खेलमा प्रभातले ५-४, १०-११, ७-३, १६-१२ अङ्कले पाराडाइजलाई पराजित गरेको थियो । उपाधिसहित प्रभातले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पर्यो भने उपविजेता पाराडाइजले १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए । खेलमा म्यान अफ द म्याच प्रभातका नेमसाङ मगर घोषित भए ।
समग्र खेलको आधारमा उदयमान खेलाडी पाराडाइजका सक्षम तामाङ, महत्वपूर्ण खेलाडी प्रभातका शुसान्त उराव र बढी अङ्क ल्याउने हिमालयन मेघा एकाडेमी धरानका सङ्गम ठाकुर घोषित भएका थिए ।
कक्षा १० सम्मका विद्यार्थीलाई लक्षित गरिएको यो प्रतियोगितामा मोरङ, सुनसरी र झापाकागरि १६ विद्यालयलले भाग लिएको थियो । यो प्रतियोगिता विद्यालयका पूर्व अध्यक्ष तथा डिपोट सार्वजनिक शैक्षिक गुठीका संस्थापक अध्यक्ष स्वर्गीय मेजर श्रवण कुमार लिम्बुको स्मृतिमा आयोजना गरिएको हो । संस्थापक अध्यक्ष लिम्बूले विद्यालयको नेतृत्व गरिरहेकै बेला कोरोना महामारीमा २०७८ साल साउन १५ गते ज्यान गुमाएका थिए ।
दोस्रो धरान सिटी रनिङ कप मंसिर १२ देखि, आठ क्लब भिड्दै
# खेलकुद
गणतन्त्र खवर, धरान । धरानमा ‘दोस्रो धरान सिटी रनिङ कप-२०८३’ अन्तरक्लब नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । शनिबार पत्रकार सम्मेलनको आयोजना
खेलकुदमार्फत धरान-२० चिनाउने प्रयास, प्रथम महिला फुटबल आयोजना हुँदै
# खेलकुद
गणतन्त्र खवर, धरान । धरान २० नं वडा विष्णुपादुकालाई खेलकुदमार्फत चिनाउने उद्देश्यले पहिलोपटक महिला खुला नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ
धरानमा दोस्रो प्रदेशस्तरीय गौधारा Festive Cup U-14, विजेतालाई ५० हजार
# खेलकुद
गणतन्त्र खवर, धरान । धरानमा दोस्रो प्रदेशस्तरीय गौधारा Festive Cup U-14 फुटबल प्रतियोगिता (१४ वर्षमुनिका खेलाडी सहभागी हुने फुटबल प्रतियोगिता) आयोजना हुने

प्रतिकृया दिनुहोस