• १८ असोज २०८३ आइतबार/ Sunday 10-04-2026

पाँचौँ मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल: चार विद्यालयको सेमिफाइनल यात्रा

गणतन्त्र खबर, श्रावण १७, धरान । डिपो माध्यमिक विद्यालयको आयोजनामा जारी पाँचौँ अन्तरविद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कप प्रतियोगितामा हिमालयन मेघा एकेडेमी, हिमशिखर इङ्लिस बोर्डिङ स्कुल, पाराडाइज बोर्डिङ स्कुल र प्रभात सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगिताको तेस्रो दिन आज चार खेल सम्पन्न भएका हुन् । आफ्ना खेलमा जित निकाल्दै चारवटै विद्यालयले अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।

पहिलो खेलमा हिमालयन मेघा एकेडेमी, धरानले दिल्ली पब्लिक स्कुललाई ४०-१५ अङ्कले पराजित गर्‍यो । हिमालयन मेघाले पहिलो क्वार्टरमा ११-२, दोस्रोमा १२-५, तेस्रोमा १०-४ र चौथोमा ८-४ अङ्क जोडेको थियो । खेलमा हिमालयन मेघाका सङ्गम ठाकुर म्यान अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा हिमशिखर इङ्लिस बोर्डिङ स्कुल, इटहरीले आयोजक डिपो माध्यमिक विद्यालयलाई अतिरिक्त समयमा ३०-२९ अङ्कले पराजित गर्‍यो । निर्धारित समयको खेल २८-२८ अङ्कको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा हिमशिखरले २ अङ्क जोड्दा डिपोले १ अङ्क मात्र जोड्न सक्यो ।

रोमाञ्चक खेलमा हिमशिखरका स्वयम माझी म्यान अफ द म्याच घोषित भए ।

तेस्रो खेलमा पाराडाइज बोर्डिङ स्कुल, इटहरीले सुनाखरी एकेडेमीलाई ३५-८ अङ्कले पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्‍यो। खेलमा पाराडाइजका सक्षम तामाङ म्यान अफ द म्याच घोषित भए ।

यसैगरी, दिनको अन्तिम खेलमा प्रभात सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल, धरानले चिल्ड्रेन्स एकेडेमीलाई २८-२४ अङ्कले पराजित गर्‍यो । प्रभातका शुसान्त उराव म्यान अफ द म्याच घोषित भए ।

कक्षा १० सम्मका विद्यार्थीलाई लक्षित प्रतियोगितामा मोरङ, सुनसरी र झापाका १६ विद्यालयको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टोलीले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता टोलीले नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । त्यसैगरी, प्रतियोगिताका उत्कृष्ट खेलाडी, सर्वाधिक स्कोरकर्ता र उदियमान खेलाडीलाई पनि ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता विद्यालयका पूर्वअध्यक्ष तथा डिपो सार्वजनिक शैक्षिक गुठीका संस्थापक अध्यक्ष स्वर्गीय मेजर श्रवणकुमार लिम्बूको स्मृतिमा आयोजना गरिएको हो ।

प्रतिकृया दिनुहोस

दोस्रो धरान सिटी रनिङ कप मंसिर १२ देखि, आठ क्लब भिड्दै

# खेलकुद

गणतन्त्र खवर, धरान । धरानमा ‘दोस्रो धरान सिटी रनिङ कप-२०८३’ अन्तरक्लब नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । शनिबार पत्रकार सम्मेलनको आयोजना

खेलकुदमार्फत धरान-२० चिनाउने प्रयास, प्रथम महिला फुटबल आयोजना हुँदै

# खेलकुद

गणतन्त्र खवर, धरान । धरान २० नं वडा विष्णुपादुकालाई खेलकुदमार्फत चिनाउने उद्देश्यले पहिलोपटक महिला खुला नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ

धरानमा दोस्रो प्रदेशस्तरीय गौधारा Festive Cup U-14, विजेतालाई ५० हजार

# खेलकुद

गणतन्त्र खवर, धरान । धरानमा दोस्रो प्रदेशस्तरीय गौधारा Festive Cup U-14 फुटबल प्रतियोगिता (१४ वर्षमुनिका खेलाडी सहभागी हुने फुटबल प्रतियोगिता) आयोजना हुने

↑