मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल प्रतियोगिताको दोस्रो दिन चार खेल सम्पन्न
गणतन्त्र खबर, श्रावण १६, धरान । डिपो माध्यमिक विद्यालयले आयोजना गरेको पाँचौँ अन्तरविद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कप प्रतियोगिताको दोस्रो दिन आज चार खेल सम्पन्न भएका छन् ।
आज भएका खेलमा सुनाखरी एकाडेमी, प्रभात इङ्लिस बोर्डिङ स्कुल, पाराडाइज बोर्डिङ स्कुल र चिल्ड्रेन्स एकाडेमी विजयी भएका छन् ।
पहिलो खेलमा सुनाखरी एकाडेमीले युनाइटेड गोर्खा एकाडेमीलाई २२-१५ अङ्कले पराजित गर्यो । खेलमा सुनाखरीका बसन्त राई म्यान अफ द म्याच घोषित भए ।
दोस्रो खेलमा प्रभात इङ्लिस बोर्डिङ स्कुलले समिट सेकेन्डरी स्कुललाई ३०-२४ अङ्कले हरायो । प्रभातका साइमन विक म्यान अफ द म्याच भए ।
तेस्रो खेलमा पाराडाइज बोर्डिङ स्कुल, तरहराले माउन्ट हर्मन एकाडेमी, धरानलाई ५५-९ अङ्कले पराजित गर्यो । पाराडाइजका रितिक साह म्यान अफ द म्याच घोषित भए ।
अन्तिम खेलमा चिल्ड्रेन्स एकाडेमी, धरानले इस्ट होराइजन, झापालाई ३०-१७ अङ्कले हरायो । चिल्ड्रेन्स एकाडेमीका प्रकुस तामाङ म्यान अफ द म्याच भए ।
कक्षा १० सम्मका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको प्रतियोगितामा मोरङ, सुनसरी र झापाका १६ विद्यालय सहभागी छन् ।
प्रतियोगिताको विजेता टोलीले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता टोलीले नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । त्यसैगरी, प्रतियोगिताका उत्कृष्ट खेलाडी, सर्वाधिक अङ्क ल्याउने खेलाडी र राइजिङ प्लेयरलाई पनि ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगिता विद्यालयका पूर्वअध्यक्ष तथा डिपोट सार्वजनिक शैक्षिक गुठीका संस्थापक अध्यक्ष स्वर्गीय मेजर श्रवणकुमार लिम्बूको स्मृतिमा आयोजना गरिएको हो ।
पाँचौं अन्तर विद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कपको उपाधि प्रभातलाई
# खेलकुद
गणतन्त्र खबर, श्रावण १९, धरान । डिपो माध्यमिक विद्यायलयले आयोजना गरेको पाँचौं अन्तर विद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कपको उपाधि
पाँचौँ मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल: पाराडाइज र प्रभात फाइनलमा
# खेलकुद
गणतन्त्र खबर, श्रावण १८, धरान । डिपो माध्यमिक विद्यालयले आयोजना गरेको पाँचौँ अन्तरविद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कप
पाँचौँ मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल: चार विद्यालयको सेमिफाइनल यात्रा
# खेलकुद
गणतन्त्र खबर, श्रावण १७, धरान । डिपो माध्यमिक विद्यालयको आयोजनामा जारी पाँचौँ अन्तरविद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कप

प्रतिकृया दिनुहोस