• २४ श्रावण २०८३ आइतबार/ Sunday 8-09-2026

धरानमा सद्भाव र्‍याली, एकता र धार्मिक सहिष्णुताको सन्देश

गणतन्त्र खबर, श्रावण १७, धरान । सुनसरी र सिरहामा भएका घटनापछि सामाजिक सद्भाव कायम राख्न तराईका विभिन्न जिल्लामा र्‍याली आयोजना गरी आपसी एकताको अपिल भइरहेका बेला धरानमा पनि सद्भाव र एकताको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ सामाजिक सद्भाव र्‍याली सम्पन्न भएको छ ।

सुनसरी उद्योग वाणिज्य संघ, धरानको आयोजनामा आइतबार निकालिएको सद्भाव र्‍याली धरानको भानुचोकबाट सुरु भएको थियो । र्‍याली छाता चोक र सिंहवाहिनी चोक हुँदै पुनः भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

सद्भाव र्‍यालीमा विभिन्न धर्मका धार्मिक अगुवा, प्रदेशसभा सदस्य, धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख, स्थानीय जनप्रतिनिधि, नागरिक समाजका अगुवा, उद्योगी-व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय राजनीतिक दलका अगुवाको सहभागिता रहेको थियो ।

कोणसभालाई सम्बोधन गर्दै धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाले जातीय सद्भाव, सांस्कृतिक सम्मान र धार्मिक सहिष्णुताले भरिपूर्ण धरानले एकताको सन्देश प्रवाह गरेको बताए । उनले भने, “हामी हिन्दु, किरात, मुस्लिम, इसाई र बौद्ध सबै एउटै आँगनमा उभिएर एक हुन चाहन्छौँ । एकअर्काप्रति सम्मानका साथ बसोबास गर्दै आएको धरानको यो सन्देश देशभर पुर्‍याउन चाहन्छौँ ।”

त्यसैगरी, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठले सामाजिक एकता, धार्मिक सहिष्णुता, आपसी सद्भाव र भाइचाराले सुसज्जित धरानको पहिचानलाई सद्भाव र्‍यालीले थप बलियो बनाएको बताए ।

कार्यक्रमका क्रममा नेपालको राष्ट्रिय झण्डा फहराइएको थियो भने नगर प्रहरीले राष्ट्रिय झण्डालाई सलामी अर्पण गरेको थियो ।

सुनसरी र सिरहामा भएका घटनामा ज्यान गुमाएकाहरू तथा हालै पाकिस्तानको ८ हजार ४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पर्वतारोहीहरूको आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्ज्वलनसमेत गरिएको थियो ।

सहभागीहरूले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, आपसी सम्मान र राष्ट्रिय एकता कायम राख्न सबै समुदाय एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

प्रतिकृया दिनुहोस

धरानमा बजेट विवाद चुलिँदै, कार्यवाहक नगर प्रमुख र जनप्रतिनिधिबीच आरोप-प्रत्यारोप

# गणतन्त्र खबर

गणतन्त्र खबर, श्रावण २३, धरान । धरान उपमहानगरपालिकाको आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणलाई लिएर कार्यवाहक नगर प्रमुख र वडा अध्यक्ष तथा कार्यपालिका

धरानमा '१८३१ लिम्बुवान-गोरखा सन्धि' स्मरण, किरायाको ३९औँ स्थापना दिवसमा दिप प्रज्वलन

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । किरात याक्थुम चुम्लुङको आयोजनामा शुक्रबार धरानको भानुचोकमा ‘लिम्बुवान र गोरखा कान्तिपुरबीच भएको तसल्ली मुलुकी लालमोहर स्मरण

आज हुने भनिएको धरान उपमहानगरपालिकाको नगरसभा स्थगित

# गणतन्त्र खबर

गणतन्त्र खबर, श्रावण २२ धरान । आज हुने भनिएको धरान उपमहानगरपालिकाको नगरसभा आन्तरिक विवादको कारण स्थगित भएको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट