• २४ श्रावण २०८३ आइतबार/ Sunday 8-09-2026

आज हुने भनिएको धरान उपमहानगरपालिकाको नगरसभा स्थगित

फाईल तस्विर

गणतन्त्र खबर, श्रावण २२ धरान । आज हुने भनिएको धरान उपमहानगरपालिकाको नगरसभा आन्तरिक विवादको कारण स्थगित भएको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका क्रममा शुक्रबार बिहान बसेको बजेट तर्जुमा समितिको बैठक विवादमा परेपछि नगर सभा स्थगित भएको हो । 

बैठकमा दुई जना वडा अध्यक्षले कार्यवाहक नगर प्रमुखप्रति अमर्यादित तथा अश्लील अभिव्यक्ति प्रयोग गरेको आरोप लागेपछि कार्यपालिका बैठक र नगरसभा स्थगित गरिएको बताईएको छ । उपमहानगरपालिका कार्यवहाक प्रमुख अईन्द्र विक्रम बेघाले जारी गरेको प्रेस विज्ञप्ति अनुसार बिहान ७ बजे आह्वान गरिएको बैठक बजेटलाई अन्तिम रूप दिने उद्देश्यका साथ सञ्चालन भइरहेको थियो । यसअघि कार्यपालिका, विषयगत समिति र सरोकारवालाबीच पटक-पटक छलफल तथा सहमति भए पनि केही वडा अध्यक्षहरूले सहमति कार्यान्वयन नगरेको, बजेट समयमै प्रस्तुत हुन नदिएको र विभिन्न योजना तथा कार्यक्रमको बजेट कटौती गर्न दबाब दिएको दाबी गरिएको छ ।

विज्ञप्तिअनुसार बैठकका क्रममा वडा नं. १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण) र वडा नं. १५ का अध्यक्ष नरेश इवारमले कार्यवाहक नगर प्रमुख अइन्द्र विक्रम बेघाप्रति अमर्यादित तथा अश्लील शब्द प्रयोग गरेका थिए । उनीहरूको व्यवहारका कारण बैठकको वातावरण असहज बनेको उपमहानगरपालिकाले जनाएको छ ।

कार्यवाहक नगर प्रमुख बेघाले लोकतान्त्रिक व्यवस्थामा असहमति र आलोचना स्वाभाविक भए पनि त्यसलाई संवाद, संयमता, पारस्परिक सम्मान र संस्थागत मर्यादाभित्र रहेर व्यक्त गर्नुपर्ने बताएका छन् । सार्वजनिक संस्थाको गरिमा र जनप्रतिनिधिको जिम्मेवार आचरणले लोकतान्त्रिक संस्थाप्रतिको जनविश्वासलाई बलियो बनाउने उनको भनाइ छ ।

घटनापछि सोही दिनका लागि तय गरिएको कार्यपालिका बैठक तथा नगरसभा स्थगित गरिएको उपमहानगरपालिकाले जनाएको छ । बजेट पारित प्रक्रिया प्रभावित हुँदा धरानवासीमा पर्न गएको असुविधाप्रति कार्यवाहक नगर प्रमुख बेघाले क्षमायाचना गरेका छन् ।

यस घटनाबारे सम्बन्धित वडा अध्यक्षहरूको धारणा भने सार्वजनिक भइसकेको छैन ।

हेर्नु होस् प्रेस विज्ञप्ति

 

प्रतिकृया दिनुहोस

धरानमा बजेट विवाद चुलिँदै, कार्यवाहक नगर प्रमुख र जनप्रतिनिधिबीच आरोप-प्रत्यारोप

# गणतन्त्र खबर

गणतन्त्र खबर, श्रावण २३, धरान । धरान उपमहानगरपालिकाको आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणलाई लिएर कार्यवाहक नगर प्रमुख र वडा अध्यक्ष तथा कार्यपालिका

धरानमा '१८३१ लिम्बुवान-गोरखा सन्धि' स्मरण, किरायाको ३९औँ स्थापना दिवसमा दिप प्रज्वलन

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । किरात याक्थुम चुम्लुङको आयोजनामा शुक्रबार धरानको भानुचोकमा ‘लिम्बुवान र गोरखा कान्तिपुरबीच भएको तसल्ली मुलुकी लालमोहर स्मरण

मोरङमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु

# गणतन्त्र खबर

गणतन्त्र खबर, श्रावण २०, धरान । मोरङको बेलबारी नगरपालिका-९ गैराखुनीस्थित डाँगाबजारबाट बाउनीतर्फ जाने भित्री बाटोमा मङ्गलबार राति मोटरसाइकल दुर्घटना