• १८ असोज २०८३ आइतबार/ Sunday 10-04-2026

दोस्रो धरान सिटी रनिङ कप मंसिर १२ देखि, आठ क्लब भिड्दै

गणतन्त्र खवर, धरान । धरानमा ‘दोस्रो धरान सिटी रनिङ कप-२०८३’ अन्तरक्लब नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । शनिबार पत्रकार सम्मेलनको आयोजना गरी क्लबले जानकारी दिएको हो । 

धरान सिटी फुटबल क्लब प्रा.लि.को आयोजनामा हुने प्रतियोगिता २०८३ मंसिर १२ गतेदेखि १९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका सम्पूर्ण खेलहरू धरान-१६ स्थित धरान रंगशालामा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा आयोजक धरान सिटी फुटबल क्लब सहित धरानका आठ वटा स्थानीय क्लब सहभागी हुनेछन् । फेयर फुटबल क्लब धरान-१७, स्वर्णिम क्लब धरान-१०, लिब्जु युवा क्लब धरान-६, धरान सिटी फुटबल क्लब धरान-८, तेम्बे फुटबल क्लब धरान-१८, पटनाली फुटबल क्लब धरान-१७, यालम्बर फुटबल क्लब धरान-११ र प्रगती फुटबल क्लब धरान-१६ ले सहभागिता जनाउने धरान सिटी फुटबल क्लबका अध्यक्ष विवेक राईले बताए । 

अध्यक्ष राईका अनुसार नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता टोलीले ७५ हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ द म्याच, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट गोलकर्ता लगायतका विधामा पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिताको अनुमानित लागत १८ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ । क्लबले गत वर्ष आयोजना गरेको प्रथम धरान सिटी रनिङ कपको सफलतापछि त्यसैको निरन्तरताका रूपमा दोस्रो संस्करण आयोजना गर्न लागिएको हो ।

 

प्रतिकृया दिनुहोस

खेलकुदमार्फत धरान-२० चिनाउने प्रयास, प्रथम महिला फुटबल आयोजना हुँदै

# खेलकुद

गणतन्त्र खवर, धरान । धरान २० नं वडा विष्णुपादुकालाई खेलकुदमार्फत चिनाउने उद्देश्यले पहिलोपटक महिला खुला नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ

धरानमा दोस्रो प्रदेशस्तरीय गौधारा Festive Cup U-14, विजेतालाई ५० हजार

# खेलकुद

गणतन्त्र खवर, धरान । धरानमा दोस्रो प्रदेशस्तरीय गौधारा Festive Cup U-14 फुटबल प्रतियोगिता (१४ वर्षमुनिका खेलाडी सहभागी हुने फुटबल प्रतियोगिता) आयोजना हुने

धरानको फुटबल इतिहासमा नयाँ अध्याय : पहिलो महिला अन्तर्राष्ट्रिय गोल्डकप हुँदै

# खेलकुद

गणतन्त्र खबर, धरान । धरानको फुटबल इतिहासमा अर्को नयाँ अध्याय थपिने भएको छ । धरान-१९ मा रहेको डि नाइन्टिन क्लब (D19 CLUB) को आयोजनामा पहिलोपटक धरान महिला

↑