धरानमा दोस्रो प्रदेशस्तरीय गौधारा Festive Cup U-14, विजेतालाई ५० हजार
गणतन्त्र खवर, धरान । धरानमा दोस्रो प्रदेशस्तरीय गौधारा Festive Cup U-14 फुटबल प्रतियोगिता (१४ वर्षमुनिका खेलाडी सहभागी हुने फुटबल प्रतियोगिता) आयोजना हुने भएको छ । धरान ३ स्थित युवा साथीको आयोजनामा हुने प्रतियोगिता आगामी २०८३ असोज ३० गतेदेखि कात्तिक २ गतेसम्म धरान-१६ स्थित रंगशालामा सञ्चालन गरिने भएको हो ।
क्लब स्तरिय प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ र उपविजेताले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने युवा साथीका अध्यक्ष सरल उदासले जानकारी दिए । त्यसैगरी उनले उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाए । प्रत्येक खेलको उत्कृष्ट खेलाडी अर्थात् म्यान अफ द म्याचलाई २ हजार ५ सय रुपैयाँ समेत पुरस्कार दिइनेछ ।
प्रतियोगितामा पूर्वी नेपालका विभिन्न क्लब तथा टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । अध्यक्ष उदासका अनुसार विजवपुर एकेडेमी, यार्सा एकेडेमी, तराहारा फुटबल क्लब, देउराली फुटबल क्लब, फेयर एकेडेमी, धरान सिटि फुटबल क्लब, डिपिएस विराटनगर, ईटहरी फुटबल क्लब, चतरा फुटबल क्लब र काकरभिट्टा फुटबल क्लबले सहभागिता जनाउने भएका छन् ।
प्रतियोगिताका लागि करिब ६ लाख रुपैयाँको अनुमानित बजेट रहेको आयोजकले जनाएको छ ।
राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ (एन्फा), सुनसरी फुटबल संघ र कोशी प्रदेश एन्फा लगायतको सहकार्यमा प्रतियोगिता सम्पन्न गरिने आयोजकले जनाएको छ ।
दोस्रो धरान सिटी रनिङ कप मंसिर १२ देखि, आठ क्लब भिड्दै
# खेलकुद
गणतन्त्र खवर, धरान । धरानमा ‘दोस्रो धरान सिटी रनिङ कप-२०८३’ अन्तरक्लब नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । शनिबार पत्रकार सम्मेलनको आयोजना
खेलकुदमार्फत धरान-२० चिनाउने प्रयास, प्रथम महिला फुटबल आयोजना हुँदै
# खेलकुद
गणतन्त्र खवर, धरान । धरान २० नं वडा विष्णुपादुकालाई खेलकुदमार्फत चिनाउने उद्देश्यले पहिलोपटक महिला खुला नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ
धरानको फुटबल इतिहासमा नयाँ अध्याय : पहिलो महिला अन्तर्राष्ट्रिय गोल्डकप हुँदै
# खेलकुद
गणतन्त्र खबर, धरान । धरानको फुटबल इतिहासमा अर्को नयाँ अध्याय थपिने भएको छ । धरान-१९ मा रहेको डि नाइन्टिन क्लब (D19 CLUB) को आयोजनामा पहिलोपटक धरान महिला

प्रतिकृया दिनुहोस