मोरङमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
गणतन्त्र खबर, श्रावण १८, धरान । विराटनगर महानगरपालिका-४ स्थित आयल निगम नजिक कोशी लोकमार्गमा आइतबार राति मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार, बरगाछीबाट नेमुवातर्फ जाँदै गरेको BR 11AW 1729 नं. (३०० सिसि)को बुलेट मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको हो । दुर्घटना श्रावण १७ गते आईतबार राति ८ः५५ बजे भएको थियो ।
मृतक भारतको कलकत्ता घर भई हाल विराटनगर-४ कदमगाछीस्थित भरत चौधरीको घरभाडामा बस्दै आएका करिब ५० वर्षीय नेपाल सरकार रहेका छन् । ठक्करबाट उनको टाउको, गाला र निधारमा गम्भीर चोट लागेको थियो । घाइतेलाई तत्काल नोबेल अस्पताल विराटनगर लगिएकोमा उपचारका क्रममा राति ९ः१९ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् । शब अस्पतालको शवगृहमा राखिएको छ ।
मोटरसाइकल चालक भारतको अररिया जिल्ला जोगबनी बस्ने २८ वर्षीय शौरभ कुमार सुमन साह र पछाडि सवार सोही ठेगानाका करिब २६ वर्षीय मोहम्मद दानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक बरगाछी प्रहरीको र सवार जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा छन् ।
दुर्घटनास्थल जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङबाट करिब ४ किलोमिटर उत्तरमा पर्छ । प्रहरीले प्रारम्भिक अनुसन्धानमा तीव्र गति नै दुर्घटनाको मुख्य कारण रहेको जनाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
धरानमा बजेट विवाद चुलिँदै, कार्यवाहक नगर प्रमुख र जनप्रतिनिधिबीच आरोप-प्रत्यारोप
# गणतन्त्र खबर
गणतन्त्र खबर, श्रावण २३, धरान । धरान उपमहानगरपालिकाको आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणलाई लिएर कार्यवाहक नगर प्रमुख र वडा अध्यक्ष तथा कार्यपालिका
धरानमा '१८३१ लिम्बुवान-गोरखा सन्धि' स्मरण, किरायाको ३९औँ स्थापना दिवसमा दिप प्रज्वलन
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । किरात याक्थुम चुम्लुङको आयोजनामा शुक्रबार धरानको भानुचोकमा ‘लिम्बुवान र गोरखा कान्तिपुरबीच भएको तसल्ली मुलुकी लालमोहर स्मरण
आज हुने भनिएको धरान उपमहानगरपालिकाको नगरसभा स्थगित
# गणतन्त्र खबर
गणतन्त्र खबर, श्रावण २२ धरान । आज हुने भनिएको धरान उपमहानगरपालिकाको नगरसभा आन्तरिक विवादको कारण स्थगित भएको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट

प्रतिकृया दिनुहोस