झापामा पिकअप गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
गणतन्त्र खबर, श्रावण १९, धरान । झापाको कन्काई नगरपालिका-४ कोटिहोमस्थित पूर्व-पश्चिम राजमार्गमा पिकअप गाडीको ठक्करबाट एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।
सोमबार बिहान ६ः३० बजे दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको मे.१.च.५१०४ नम्बरको पिकअप गाडीले बाटो क्रस गर्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको हो ।
मृतक कन्काई नगरपालिका-४ बस्ने करिब ७० देखि ७५ वर्षीय प्रल्हाद शिवाकोटी रहेका छन् । पिकअप गाडीको ठक्करबाट उनको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । उनी बोल्न नसक्ने अवस्थामा थिए । घाइतेलाई तत्काल प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा बिहान ७ः५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् । लास अस्पतालको शवगृहमा राखिएको छ ।
पिकअप चालक इलामको सूर्योदय नगरपालिका-३ बस्ने ३३ वर्षीय अरुण शर्मा हुन् । उनलाई इलाम जिल्ला प्रहरी कार्यालय सुरूङ्गाको नियन्त्रणमा लिइएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानमा गति मापन नभएको जनाएको छ । थप अनुसन्धान भइरहेको छ।
धरानमा बजेट विवाद चुलिँदै, कार्यवाहक नगर प्रमुख र जनप्रतिनिधिबीच आरोप-प्रत्यारोप
# गणतन्त्र खबर
गणतन्त्र खबर, श्रावण २३, धरान । धरान उपमहानगरपालिकाको आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणलाई लिएर कार्यवाहक नगर प्रमुख र वडा अध्यक्ष तथा कार्यपालिका
धरानमा '१८३१ लिम्बुवान-गोरखा सन्धि' स्मरण, किरायाको ३९औँ स्थापना दिवसमा दिप प्रज्वलन
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । किरात याक्थुम चुम्लुङको आयोजनामा शुक्रबार धरानको भानुचोकमा ‘लिम्बुवान र गोरखा कान्तिपुरबीच भएको तसल्ली मुलुकी लालमोहर स्मरण
आज हुने भनिएको धरान उपमहानगरपालिकाको नगरसभा स्थगित
# गणतन्त्र खबर
गणतन्त्र खबर, श्रावण २२ धरान । आज हुने भनिएको धरान उपमहानगरपालिकाको नगरसभा आन्तरिक विवादको कारण स्थगित भएको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट

प्रतिकृया दिनुहोस