मोरङमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु
गणतन्त्र खबर, श्रावण २०, धरान । मोरङको बेलबारी नगरपालिका-९ गैराखुनीस्थित डाँगाबजारबाट बाउनीतर्फ जाने भित्री बाटोमा मङ्गलबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार, को.३२ प.३२४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटना राति ११ बजे भएको थियो ।
मृतक मोटरसाइकल चालक सोही ठाउँका २९ वर्षीय सनम खवास हुन् । उनी गम्भीर घाइते भई बिराट नर्सिङ होम विराटनगर लगिएका थिए । मंगलबार राती १ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् । लास घरमा राखिएको छ ।
स्थानीयवासीले बुधबार बिहान १० बजे बेलबारी इलाका प्रहरी कार्यालयमा जानकारी गराएपछि निरीक्षक राजीव गिरीको कमान्डमा इलाका प्रहरी र ट्राफिक पोस्ट बेलबारीको टोली घटनास्थल पुगेको थियो । मोटरसाइकल बेलबारी इलाका प्रहरी कार्यालयको नियन्त्रणमा छ ।
प्रहरीका अनुसार चालकले मादक पदार्थ सेवन गरेका थिए भने लापरबाही नै दुर्घटनाको मुख्य कारण रहेको जनाइएको छ । थप अनुसन्धान भइरहेको छ ।
धरानमा बजेट विवाद चुलिँदै, कार्यवाहक नगर प्रमुख र जनप्रतिनिधिबीच आरोप-प्रत्यारोप
# गणतन्त्र खबर
गणतन्त्र खबर, श्रावण २३, धरान । धरान उपमहानगरपालिकाको आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणलाई लिएर कार्यवाहक नगर प्रमुख र वडा अध्यक्ष तथा कार्यपालिका
धरानमा '१८३१ लिम्बुवान-गोरखा सन्धि' स्मरण, किरायाको ३९औँ स्थापना दिवसमा दिप प्रज्वलन
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । किरात याक्थुम चुम्लुङको आयोजनामा शुक्रबार धरानको भानुचोकमा ‘लिम्बुवान र गोरखा कान्तिपुरबीच भएको तसल्ली मुलुकी लालमोहर स्मरण
आज हुने भनिएको धरान उपमहानगरपालिकाको नगरसभा स्थगित
# गणतन्त्र खबर
गणतन्त्र खबर, श्रावण २२ धरान । आज हुने भनिएको धरान उपमहानगरपालिकाको नगरसभा आन्तरिक विवादको कारण स्थगित भएको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट

प्रतिकृया दिनुहोस