माल्टा पठाइदिने भन्दै लाखौ रकम लिएको आरोप, आरोपित खापुङद्वारा खण्डन
गणतन्त्र खबर, धरान । वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट लाखौँ रुपैयाँ लिएको आरोप लागेका धरानका राजेन्द्र लिम्बू खापुङले आफूले कसैबाट रकम नलिएको भन्दै खण्डन गरेका छन् ।
केही व्यक्तिले रकम लिएर पनि विदेश नपठाएको र कोहीले घरायासी कार्यको लागि, मुद्धा मिलाईदिने आदिको लागि रकम ठगी गरेको भन्दै गत मंगलबार पत्रकार सम्मेलन गर्दै खापुङमाथि आरोप लगाएका थिए । १४ जनाबाट जनही १ लाख रुपैयाँका दरले १४ लाख लिँदै माल्टा पठाईदिने र अन्य विभिन्न प्रयोजनका लागि र मिलाईदिने भन्दै सुचिम राईबाट २८ लाख, अशोक राईबाट १० लाख, आशिष लिम्बूबाट ९ लाख, सुनिल तामाङबाट ७ लाख, राजिब राईबाट ६ लाख लाख रुपैयाँ गरी करिव कुल ७४ लाख रुपैयाँ खापुङले लिएको उनीहरूको आरोप छ ।
पीडित विक्रम तामाङले खापुङले वैदेशिक रोजगारीको प्रलोभन देखाएर माल्टाको सिसिल भन्ने ठाउँमा पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम जम्मा गर्न लगाएको आरोप लगाए । उनका अनुसार केही रकम खापुङको खातामा र केही रकम उनका साझेदार वा अन्य व्यक्तिको खातामा जम्मा गर्न लगाइएको थियो ।
त्यस्तै सुचिम राईले खापुङ आफ्नै साथी भएको बताउँदै आफूले पनि आर्थिक रूपमा पीडित भएको दाबी गरे । उनले भने, ‘आफू फसे जस्तै अरु पनि नफसुन भन्नको खातिर पनि पत्रकार सम्मेलन गरिएको हो ।’
उनले भने, ‘‘मलाई गाँजा सम्बन्धी मुद्दामा पक्राउ परेपछि छुटाइदिने भन्दै खापुङले २८ लाख नगद रुपैयाँ लिएको हो ।’ ‘खापुङले पैसा लिनका लागि यसरी जे कार्य गर्न पनि तयार रहन्छन्, मेरा मान्छे ठूल ठूला पोस्टमा रहेका छन् म सवैकुरा मिलाई दिन्छु ।’ राईले भने । उनले सीसी क्यामेरा नभएका स्थान रोज्ने गरेको र बैकिंङ प्रणालीबाट भुक्तानी समेत नलिएको आरोप लगाए । त्यसकारण आरोप पुष्टि गर्न म सक्दिन उनले गुनासो गरे ।
पीडित पक्षका अर्का व्यक्ति आशिष लिम्बूले आफूले स्क्र्याप व्यवसायका क्रममा खापुङसँग चिनजान भएको र विभिन्न सरकारी तथा अन्य निकायमा आफ्नो पहुँच रहेको भन्दै खापुङले आश्वासन दिएको दाबी गरे । उनले स्क्र्यापसम्बन्धी काम मिलाइदिने भन्दै आफूबाट करिब ९ लाख रुपैयाँ लिएको तर लामो समयसम्म काम नभएको आरोप लगाए ।
उनीहरुले खापुङविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको समेत जनाए । उनीहरुका अनुसार सुचिम राईकी श्रीमती विगमसरी राईको नामबाट सुनसरी जिल्ला अदालतमा मुद्दा दायर समेत भएको छ ।
खापुङद्वारा आरोप अस्विकार
आफूमाथि आरोप लागेपछि खापुङले भोलिपल्टनै पत्रकार सम्मेलन गरी सबै आरोप मिथ्या भएको दावी गरे । उनले आफूविरुद्ध लगाइएको आर्थिक ठगीको आरोप झुटो र आफूलाई बदनाम गर्ने उद्देश्यले लगाइएको बताए ।
खापुङले आफूले कसैबाट पैसा लिएको प्रमाणित गर्न चुनौती दिए । उनले एक रुपैयाँसमेत लिएको प्रमाणित भए कानुनअनुसार कारबाही भोग्न तयार रहेको बताए ।
उनले भने, ‘आफूले पैसा लिएको प्रमाण भेटिए २८ लाख रुपैयाँ मात्र नभई २८ करोड रुपैयाँसम्म तिर्न तयार छु ।’ प्रमाण भए सम्बन्धित कानुनी निकायमा जानुपर्ने भन्दै उनले पत्रकार सम्मेलनमार्फत आरोप लगाएर आफ्नो चरित्रमा प्रश्न उठाउने काम भएको बताए ।
उनले सुचिम राईसँग जोडिएको २८ लाख रुपैयाँको विषयमा झनै आपत्ति जनाए । उनले त्यसको प्रमाण माग गरे । सामाजिक सञ्जालमा आफूविरुद्ध विभिन्न आरोप फैलाइएको र आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको जिकिर गरे ।
दुवै पक्षले एकअर्काविरुद्ध आरोप लगाएका कारण घटनाको वास्तविकता भने सम्बन्धित निकायबाट हुने अनुसन्धान तथा कानुनी प्रक्रियाबाट मात्र स्पष्ट हुनेछ ।
धरानमा विवाद देखि सहमति सम्म : २ अर्ब ७६ करोडको बजेट पारित
# गणतन्त्र खबर
रोहित कुमार बस्नेत (डेविट) गणतन्त्र खबर, धरान । कानुनले तोकेको समयसीमाभित्र बजेट ल्याउन नसकेको धरान उपमहानगरपालिकाले अन्ततः आर्थिक वर्ष २०८३-०८४ को
धरानमा बजेट विवाद चुलिँदै, कार्यवाहक नगर प्रमुख र जनप्रतिनिधिबीच आरोप-प्रत्यारोप
# गणतन्त्र खबर
गणतन्त्र खबर, श्रावण २३, धरान । धरान उपमहानगरपालिकाको आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणलाई लिएर कार्यवाहक नगर प्रमुख र वडा अध्यक्ष तथा कार्यपालिका
धरानमा '१८३१ लिम्बुवान-गोरखा सन्धि' स्मरण, किरायाको ३९औँ स्थापना दिवसमा दिप प्रज्वलन
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । किरात याक्थुम चुम्लुङको आयोजनामा शुक्रबार धरानको भानुचोकमा ‘लिम्बुवान र गोरखा कान्तिपुरबीच भएको तसल्ली मुलुकी लालमोहर स्मरण

प्रतिकृया दिनुहोस