वीपी प्रतिष्ठान धरानको तीन पदको लागि १३ जना अन्तर्वार्तामा छनोट
गणतन्त्र खबर, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रिक्त शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक पदका लागि आवेदन दिएका उम्मेदवारमध्ये १३ जना अन्तरवार्ताको लागि छनौट भएका छन् ।
शिक्षाध्यक्ष पदका लागि ४ जना, रजिस्ट्रारका लागि ४ जना र अस्पताल निर्देशक पदका लागि ५ जना उम्मेदवार अन्तर्वार्ताका लागि छनोट भएको प्रतिष्ठानले जनाएको छ ।
यसअघि प्रतिष्ठानले तीनवटै पदका लागि पहिलो आह्वान गरेको आवेदनमा रजिस्ट्रार पदका लागि १८ जना, अस्पताल निर्देशकका लागि १४ जना र शिक्षाध्यक्ष पदका लागि ४ जनाले आवेदन दिएका थिए ।
प्रतिष्ठानका अनुसार शिक्षाध्यक्ष पदमा प्रा.डा.काजीराम अधिकारी, प्रा.डा. कृष्ण पोखरेल, प्रा.डा. रोविन मास्के र प्रा.डा. शिभेन्द्र झा रहेका छन् । रजिस्ट्रार पदका लागि डा.अरुण कुमार सिंह, प्रा.डा. अशोक कुमार झा, धरणीधर बराल, प्रा.डा. शमशेर श्रेष्ठ र सागर कुमार ताम्रकार रहेका छन् त्यसैगरी अस्पाताल निर्देशक पदका लागि प्रा.डा. अशोक कुमार यादव, डा.ईन्द्र कुमार लिम्बु, डा.मधुर बस्नेत, डा.शेहराज अहमेद खान र डा. भिम्मी सिंह अन्तरवार्ताको सूचीमा परेका हुन ।
अन्तर्वार्ता भने भदौ १० गते बुधबार प्रतिष्ठानको उपकुलपतिको कार्यालय हुने जनाईएको छ । प्रतिष्ठानका अनुसार, अस्पताल निर्देशक पदका उम्मेदवारको अन्तर्वार्ता बिहान ८ः३० बजेदेखि ११ बजेसम्म, रजिस्ट्रार पदका उम्मेदवारको ११ः३० बजेदेखि दिउँसो २ बजेसम्म र शिक्षाध्यक्ष पदका उम्मेदवारको दिउँसो ३ बजेदेखि ५ बजेसम्म हुने प्रतिष्ठानले जनाएको छ ।
सुनसरी पत्रकारिताको इतिहास समेटिएको ‘सुनसरीको मिडिया परिदृश्य’को विमोचन
# गणतन्त्र खबर
गणतन्त्र खबर, धरान । सुनसरी पत्रकारिताको इतिहास समेटिएको ‘सुनसरीको मिडिया परिदृश्य’को विमोचन भएको छ । ब्लास्ट टाइम्स दैनिक पत्रिका धरानका
रेवाहाङ्ग स्मृति प्रतिष्ठानले बास्केटबल प्रतियोगितालाई निरन्तरता दिने
# गणतन्त्र खबर
गणतन्त्र खबर, धरान । रेवाहाङ रुछेन्बुङ राई स्मृति प्रतिष्ठान, धरानले रेवाहाङको स्मृतिमा सञ्चालन गर्दै आएको बास्केटबल प्रतियोगितालाई अझ व्यापकतामा
झापा र उदयपुरमा घुसका दुई घटना, एक पक्राउ र अर्काविरुद्ध आरोपपत्र दायर
# गणतन्त्र खबर
गणतन्त्र खबर, धरान । कोशी प्रदेशका दुई जिल्लामा घुससम्बन्धी छुट्टाछुट्टै भदौ ५ गते (हिजो) भएको घटनामा एक जना वन अधिकृत पक्राउ परेका छन् भने अर्का

प्रतिकृया दिनुहोस