धरानको फुटबल इतिहासमा नयाँ अध्याय : पहिलो महिला अन्तर्राष्ट्रिय गोल्डकप हुँदै
गणतन्त्र खबर, धरान । धरानको फुटबल इतिहासमा अर्को नयाँ अध्याय थपिने भएको छ । धरान-१९ मा रहेको डि नाइन्टिन क्लब (D19 CLUB) को आयोजनामा पहिलोपटक धरान महिला अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता २०८३ आयोजना हुने भएको छ ।
धरान-१६ स्थित धरान रंगशालामा २०८३ कार्तिक २८ गतेदेखि मंसिर ६ गतेसम्म प्रतियोगिता सञ्चालन हुने आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । धरानमा यसअघि पुरुषतर्फ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप हुँदै आएको भए पनि महिला फुटबलतर्फ भने पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता हुन लागेको हो । त्यसैले आयोजकले यस प्रतियोगितालाई धरानको महिला फुटबलका लागि ऐतिहासिक सुरुवातका रूपमा लिएको छ ।
प्रतियोगितामा नेपालका चर्चित महिला फुटबल टिमहरु र भारतको एक टिम गरी आठ वटा टीमको सहभागीता रहुने क्लबका अध्यक्ष सन्तोष राईले जानकारी दिए । उनका अनुसार एपीएफ क्लब काठमाडौं, नेपाल आर्मी क्लब काठमाडौं, नेपाल पुलिस क्लब काठमाडौं, आक्वा फुटबल क्लब झारखण्ड भारत, बागमती फुटबल क्लब, काँकडभिट्टा महिला फुटबल क्लब झापा, उदयपुर फुटबल क्लब र स्मार्णिम फुटबल क्लब धरान सहभागी हुनेछन् ।
रातको उज्यालोमा महिला फुटबलको रोमाञ्च
अन्तराष्ट्रिय स्तरको पहिलो महिला गोल्डकप गर्न लागेको आयोजकको अर्को विशेषता महिला फुटबल खेलाडीलार्ई रातको उज्यालोमा खेलाउने तयारीको हो । धरान रंगशालामा हाल स्थायी फ्लडलाइटको व्यवस्था नभए पनि अस्थायी रूपमा आवश्यक प्रकाशको व्यवस्था गरेर राति खेल सञ्चालन गर्ने तयारी गरेको प्रतियोगिता समिति सचिव उमेश जिमीले बताए ।
धरानमा यसअघि स्थानीयस्तरमा रात्रिकालीन फुटबल प्रतियोगिता एक मात्र आयोजना भएको थियो । त्यसले निरन्तरता दिन सकेको छैन । तर आयोजक डि नाइन्टिन क्लब यस प्रतियोगितालाई प्रतिष्ठाको विषय बनाएर अघि बढेको छ ।
उत्कृष्ट खेलाडीलाई ईभी स्कुटर
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई विशेष पुरस्कारको समेत व्यवस्था गरिएको छ ।
साफ खेलकुदमा दुईवटा कांस्य पदक जित्न सफल सम्झना खालिङ राईले आफ्ना स्वर्गीय बुबा दिलबहादुर खालिङ राईको स्मृतिमा उत्कृष्ट खेलाडीलाई ईभी स्कुटर प्रदान गर्ने भएकी छन् । यसले प्रतियोगितालाई थप आकर्षक बनाएको छ ।
आयोजकको अनुसार प्रतियोगितामा विजेता टोलीले ५ लाख रुपैयाँ र उपविजेता टोलीले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५ हजारका दरले जनही नगद पुरस्कार तथा मेडलसहित प्रदान गर्ने समेत भएको छ ।
९१ लाखभन्दा बढी खर्च हुने अनुमान
प्रतियोगिता सञ्चालनका लागि आयोजकले करिब ९१ लाख १० हजार रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।
प्रतियोगिताको पुरस्कार, कप तथा मेडल, रेफ्री र म्याच कमिसनर, होटल व्यवस्थापन, खेलमैदान तयारी, स्टेज, साउण्ड सिस्टम, खेल सामग्री, प्रचारप्रसार, खाजा तथा सहभागी टोलीको होटल, यात्रा र भत्तालगायतका विभिन्न शीर्षकमा खर्च हुने आयोजकले जनाएको छ ।
धरान उपमहानगरपालिका र कोशी प्रदेश सरकारबाट करिब १० लाख रुपैयाँ सहयोग प्राप्त हुने अपेक्षा गरिएको प्रतियोगिता समिति सचिव जिमीले बताए । साथै धरानका विभिन्न वडाबाट पनि सहयोग जुटाउने तयारी छ ।
बाँकी रकमका लागि नेपाल तथा विदेशमा रहेका नेपाली दाजुभाइ-दिदीबहिनी, पूर्वखेलाडी तथा विभिन्न सहयोगी व्यक्तिहरूबाट सहयोग आउने सचिव जिमीको भनाइ छ ।
धरानको फुटबललाई नयाँ अध्यायमा लैजाने लक्ष्य
धरानको फुटबल पहिचानलाई अझ बलियो बनाउने क्लबहरुको भिडमा डि नाइन्टिन क्लब (D19 CLUB) एक सक्रिय क्लब हो । ‘धराने फुटबल विकासका लागि स्थानीय तहमा युवाहरूको सक्रियता’ भन्ने मूल नाराका साथ क्लबले खेलकुदसँगै सामाजिक गतिविधिमा समेत काम गर्दै आएको जनाएको छ ।
यही अभियानअन्तर्गत आयोजना गर्न लागिएको महिला अन्तर्राष्ट्रिय गोल्डकपबाट धरानका महिला खेलाडीलाई अन्तर्राष्ट्रियस्तरका खेलाडीहरूसँग खेल्न पाउने अवसरले क्षमता र आत्मविश्वास बढ्ने आयोजकको अपेक्षा छ ।
धरानमा पुरुष फुटबलको गौरवका रूपमा स्थापित बुढासुब्बा गोल्डकपपछि अब महिला फुटबललाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने प्रयास सुरु भएको छ । जसले धरानको फुटबल इतिहासमा नयाँ अध्याय थप्ने निश्चिन्त बनाएको छ ।
पाँचौं अन्तर विद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कपको उपाधि प्रभातलाई
# खेलकुद
गणतन्त्र खबर, श्रावण १९, धरान । डिपो माध्यमिक विद्यायलयले आयोजना गरेको पाँचौं अन्तर विद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कपको उपाधि
पाँचौँ मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल: पाराडाइज र प्रभात फाइनलमा
# खेलकुद
गणतन्त्र खबर, श्रावण १८, धरान । डिपो माध्यमिक विद्यालयले आयोजना गरेको पाँचौँ अन्तरविद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कप
पाँचौँ मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल: चार विद्यालयको सेमिफाइनल यात्रा
# खेलकुद
गणतन्त्र खबर, श्रावण १७, धरान । डिपो माध्यमिक विद्यालयको आयोजनामा जारी पाँचौँ अन्तरविद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कप

प्रतिकृया दिनुहोस