• २ कार्तिक २०८३ आइतबार/ Sunday 10-18-2026

बिराट सुपर लिगको उपाधि बिराट र्‍याप्टर्सको पोल्टामा

गणतन्त्र खवर, धरान । बिराट सुपर लिगको उपाधि बिराट र्‍याप्टर्सले जितेको छ । लिग चरणमा एउटै खेल नहारी अपराजित रहेको र्‍याप्टर्सले रोमाञ्चक फाइनलमा पेनाल्टी सुटआउटसम्म तानिएको खेलमा ९औँ ब्याचलाई ४-३ गोलले पराजित गर्दै उपाधि आफ्नो नाममा गरेको हो ।

२०८३ असोज २९ गते बिहीबार भएको फाइनल खेल निर्धारित समयमा निर्णायक नभएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो । सुटआउटमा उत्कृष्ट प्रदर्शन गर्दै र्‍याप्टर्सले एक गोलको अन्तरले जित निकालेको हो ।

उपाधि जित्ने बिराट र्‍याप्टर्सले नगद ४० हजार रुपैयाँसहित ट्रफी हात पारेको छ भने उपविजेता ९औँ ब्याचले नगद २० हजार रुपैयाँ, प्रमाणपत्र र मेडल पाएको छ । तेस्रो स्थानमा रहेको बिराट एलिट युनाइटेडले नगद १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि निश्चल विकले पाएका छन् भने उत्कृष्ट गोलकिपरको पुरस्कार अनुप कटवालले पाएका छन् ।

भदौ १७ गतेदेखि सुरु भएको लिग चरणको खेलमा बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा कार्यरत चिकित्सक, कर्मचारी र कलेजमा अध्ययनरत विद्यार्थीहरूका ७ वटा टोलीले सहभागिता जनाएका थिए । लिग चरणमा बिराट र्‍याप्टर्सले कुनै पनि खेल नहारी उपाधि जितेको हो ।

विजेता टोलीका कप्तान प्रमेशराज देवकोटाले अघिल्लो संस्करणमा फाइनलको पराजयलाई जितमा परिणत गर्ने संकल्पसहित उच्च मनोबलका साथ मैदानमा उत्रिएको बताए । 'अघिल्लो संस्करणमा फाइनलको पराजयलाई जितमा बदल्ने लक्ष्यका साथ हाम्रो टिम उच्च मनोबलसहित मैदानमा उत्रिएको थियो, त्यसैले उपाधि जित्न हामीलाई सहज भयो,' उनले भने ।

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले आफू कार्यरत चिकित्सक, कर्मचारी र कलेजमा अध्ययनरत विद्यार्थीहरूको स्वास्थ्यमा ध्यान दिँदै खेलकुदलाई दैनिक जीवनसँग जोड्ने उद्देश्यले प्रत्येक वर्ष तीनवटा प्रतियोगिता आयोजना गर्दै आएको छ । शारीरिक तन्दुरुस्तीसँगै आपसी सद्भाव र टोलीभावना अभिवृद्धि गर्न यस्ता प्रतियोगिता सहयोगी हुने विश्वास हस्पिटलले लिएको छ ।

यस वर्ष बिराट फुटसल लिग, बिराट च्याम्पियन लिग र बिराट सुपर लिग सम्पन्न भइसकेका छन् । आगामी दिनहरूमा पनि यस्ता प्रतियोगिता निरन्तर सञ्चालन गरिने हस्पिटलले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

२१औँ ललित-अम्बर डिपो कप पुस १ देखि, पुरस्कार राशि बृद्धि

# खेलकुद

गणतन्त्र खवर, धरान । धरानमा आयोजना हुँदै आएको ललित-अम्बर डिपो कप फुटबल प्रतियोगिताको २१औँ संस्करण आगामी पुस १ गतेदेखि सुरु हुने भएको छ ।

दोस्रो धरान सिटी रनिङ कप मंसिर १२ देखि, आठ क्लब भिड्दै

# खेलकुद

गणतन्त्र खवर, धरान । धरानमा ‘दोस्रो धरान सिटी रनिङ कप-२०८३’ अन्तरक्लब नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । शनिबार पत्रकार सम्मेलनको आयोजना

खेलकुदमार्फत धरान-२० चिनाउने प्रयास, प्रथम महिला फुटबल आयोजना हुँदै

# खेलकुद

गणतन्त्र खवर, धरान । धरान २० नं वडा विष्णुपादुकालाई खेलकुदमार्फत चिनाउने उद्देश्यले पहिलोपटक महिला खुला नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ

↑