• २७ असोज २०८३ मंगलबार/ Tuesday 10-13-2026

२१औँ ललित-अम्बर डिपो कप पुस १ देखि, पुरस्कार राशि बृद्धि

गणतन्त्र खवर, धरान । धरानमा आयोजना हुँदै आएको ललित-अम्बर डिपो कप फुटबल प्रतियोगिताको २१औँ संस्करण आगामी पुस १ गतेदेखि सुरु हुने भएको छ । प्रतियोगितासँगै दिलकुमार प्लेट च्याम्पियनसिप कप समेत सञ्चालन गरिने भएको छ । आज पत्रकार सम्मेलनको आयोजना गरी सो कुरा जानकारी गराईएको हो । 

प्रतियोगिता पुस १ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने डिपो माध्यमिक विद्यालयका प्राचार्य राजकुमार राईले बताएका छन् । उनका अनुसार प्रतियोगितामा फर्स्ट कम, फर्स्ट सर्भिसका आधारमा १६ वटा टिमलाई मात्र सहभागी गराइनेछ । प्रतियोगितामा सहभागी हुन प्रत्येक टिमले ४ हजार रुपैयाँ दर्ता शुल्क तिर्नुपर्नेछ ।

यस वर्ष प्रतियोगिताको पुरस्कार राशि पनि बढाइएको प्राचार्य राईले जानकारी दिए । प्रतियोगिताको विजेता टिमले २० हजार रुपैयाँसहित रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले १५ हजार रुपैयाँ, तेस्रो हुने टिमले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

त्यस्तै, प्लेट च्याम्पियन टिमले ७ हजार रुपैयाँसहित रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने प्लेट उपविजेताले ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछ ।

कक्षा ५ सम्मका बालबालिकामा रहेको फुटबल प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना हुँदै आएको हो । साथै, धरानका विद्यालयबीच आपसी सद्भाव बढाउने र सानै उमेरदेखि फुटबल खेलप्रति रुचि जगाउने लक्ष्य पनि प्रतियोगिताले राखेको छ ।

डिपो कप पहिलो पटक २०६१ सालमा आयोजना गरिएको थियो । त्यसयता विभिन्न संस्करणमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ । प्रतियोगिताले बाल खेलाडीलाई आफ्नो प्रतिभा देखाउने अवसर दिनुका साथै धरानबाट राष्ट्रिय स्तरका फुटबल खेलाडी उत्पादन गर्नमा समेत सहयोग पुर्याएको प्राचार्य राईले बताए । 

गत वर्षको प्रतियोगितामा डिपो माध्यमिक विद्यालय, धरान-१८ विजेता बनेको थियो भने धरान बोर्डिङ स्कुल, धरान-५ उपविजेता भएको थियो । नेपाल पुलिस स्कुल, धरान-१३ तेस्रो भएको थियो । प्लेट च्याम्पियनतर्फ हिमशिखर बोर्डिङ स्कुल, तरहरा विजेता र प्रभात बोर्डिङ स्कुल, धरान-१२ उपविजेता बनेका थिए ।

 

प्रतिकृया दिनुहोस

दोस्रो धरान सिटी रनिङ कप मंसिर १२ देखि, आठ क्लब भिड्दै

# खेलकुद

गणतन्त्र खवर, धरान । धरानमा ‘दोस्रो धरान सिटी रनिङ कप-२०८३’ अन्तरक्लब नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । शनिबार पत्रकार सम्मेलनको आयोजना

खेलकुदमार्फत धरान-२० चिनाउने प्रयास, प्रथम महिला फुटबल आयोजना हुँदै

# खेलकुद

गणतन्त्र खवर, धरान । धरान २० नं वडा विष्णुपादुकालाई खेलकुदमार्फत चिनाउने उद्देश्यले पहिलोपटक महिला खुला नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ

धरानमा दोस्रो प्रदेशस्तरीय गौधारा Festive Cup U-14, विजेतालाई ५० हजार

# खेलकुद

गणतन्त्र खवर, धरान । धरानमा दोस्रो प्रदेशस्तरीय गौधारा Festive Cup U-14 फुटबल प्रतियोगिता (१४ वर्षमुनिका खेलाडी सहभागी हुने फुटबल प्रतियोगिता) आयोजना हुने

↑