कोशीमा हिजो भएको दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी दुईको मृत्यु
गणतन्त्र खबर, धरान । कोशी प्रदेशका पाँचथर र मोरङमा हिजो सोमबार भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने मोरङमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
पाँचथरको फिदिम नगरपालिका-१२ मिलनचोकस्थित फिदिम-फालोट सडकखण्डमा मंगलबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरका सहचालकको मृत्यु भएको छ ।
भोटेगाउँबाट याङनामतर्फ जाँदै गरेको मे १ त ५९३२ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा हिलिहाङ गाउँपालिका-१ अमरपुरका १८ वर्षीय पवन मोतेको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर पल्टिँदा उनी ट्याक्टरको इन्जिनको बायाँपट्टिको चक्कामुनि परेका थिए । उनको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा फिदिम नगरपालिका-१२ का १५ वर्षीय साजन विक घाइते भएका छन् । उनको बायाँ हात र खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथर पठाइएको छ । उनको अवस्था सामान्य रहेको छ ।
ट्याक्टर चालक फिदिम-१२ का २१ वर्षीय पूर्णकुमार लाम्गाधेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, मोरङको बुढीगंगा गाउँपालिका-४ नेमुवा चोकस्थित कोशी लोकमार्गमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
बिरगञ्जबाट विराटनगरतर्फ आउँदै गरेको को १ ख ७९१३ नम्बरको बसले बाटो काट्दै गरेको प्रदेश १-०४-००२ प ०३४६ नम्बरको १५० सीसी पल्सर मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिएको थियो
दुर्घटनामा मोटरसाइकल चालक ३६ वर्षीय सुदीप खड्का गम्भीर घाइते भएका थिए । उनको विराट टिचिङ अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ ६ः५२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । खड्का सशस्त्र प्रहरी बल नेपालमा कार्यरत रहेको बुझिएको छ ।
दुर्घटनापछि बस, मोटरसाइकल र बस चालक सुनसरीको रामधुनी नगरपालिका-५ शिवचोकका ४८ वर्षीय राजन दाहाललाई इलाका प्रहरी कार्यालय नेमुवाले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार दुर्घटना तीव्र गतिका कारण भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
संविधान दिवसमा धरानमा एमाले-नेपाली कम्युनिष्ट पार्टीको संयुक्त दीप प्रज्वलन
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । नेपाली जनताको त्याग, बलिदान र संघर्षको फलस्वरूप वि.सं.२०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको
नवआगन्तुक विद्यार्थीको स्वागतमा धरान मेघा हिमालयनको भव्य सांगीतिक कार्यक्रम
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । धरान-१२ मा रहेको मेघा हिमालयन कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीलाई सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरी
इलाम र ओखलढुंगामा सवारी दुर्घटना, तीन जनाको मृत्यु
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । इलाम र ओखलढुंगामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । इलामको देउमाई नगरपालिका-१ साधुगाउँमा बिहीबार जिप

प्रतिकृया दिनुहोस