• ४ असोज २०८३ आइतबार/ Sunday 9-20-2026

संविधान दिवसमा धरानमा एमाले-नेपाली कम्युनिष्ट पार्टीको संयुक्त दीप प्रज्वलन

गणतन्त्र खवर, धरान । नेपाली जनताको त्याग, बलिदान र संघर्षको फलस्वरूप वि.सं.२०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झनामा धरानमा दिप प्रज्वलन गरिएको छ । 

धरानको भानुचौकमा एमाले नगरकमिटि र नेपाली कम्युनिष्ट पार्टी नगर समितिको संयुक्त आयोजनामा दिप प्रज्वलन गरिएको हो । ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरणमा हरेक वर्ष ३ असोजमा संविधान दिवस मनाउने गरिन्छ । 

दुवै पार्टीका शुभचिन्तक तथा कार्यकर्ताको उपस्थितिमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाएका हुन् । सोही अवसरमा दिप प्रज्वलन गर्दै नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य मुक्सुहाङ मेनेङवो, एमालेकी केन्द्रिय सदस्य मञ्जु भण्डारी, नेपाली कम्युनिष्ट पाटीका नगर ईन्चार्ज रेवती रमण राई, एमालेका नगर अध्यक्ष हर्कजङ एभेङले शुभकामना मन्तव्य राखेका  थिए । 

अधिकाँश बक्ताहरुले समाजवाद उन्मुख संविधानको रक्षा र आवश्यकता अनुसार परिमार्जन गर्दै लैजानु पर्ने बताएका थिए । दिवसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न सवैमा प्रेरणा मिलोस भन्ने सवैको आशय रहेको थियो । 

कार्यक्रम सञ्चालन भने नेपाली कम्युनिष्ट पार्टी धरान नगरका अध्यक्ष सिपि बजगाईले गरेका थिए । 

 

प्रतिकृया दिनुहोस

नवआगन्तुक विद्यार्थीको स्वागतमा धरान मेघा हिमालयनको भव्य सांगीतिक कार्यक्रम

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । धरान-१२ मा रहेको मेघा हिमालयन कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीलाई सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरी

इलाम र ओखलढुंगामा सवारी दुर्घटना, तीन जनाको मृत्यु

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । इलाम र ओखलढुंगामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । इलामको देउमाई नगरपालिका-१ साधुगाउँमा बिहीबार जिप

सुनसरी र मोरङमा हिजो भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । सुनसरी र मोरङमा हिजो भदौ ३० गते भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । सुनसरीको