• ४ असोज २०८३ आइतबार/ Sunday 9-20-2026

इलाम र ओखलढुंगामा सवारी दुर्घटना, तीन जनाको मृत्यु

गणतन्त्र खवर, धरान । इलाम र ओखलढुंगामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

इलामको देउमाई नगरपालिका-१ साधुगाउँमा बिहीबार जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा देउमाई नगरपालिका-१ चमैताका ३५ वर्षीय तीर्थराज बस्नेत रहेका छन् ।

प्र.१-०१-००१ ज ३७०६ नम्बरको जिप सडकमा पल्टिएर दुर्घटना हुँदा बस्नेत जिपले थिचिएका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी, ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-८ त्रिशुलेडाँडामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

हिजो बुधबार बिहान करिब ११ः३० बजे रागापुरबाट त्रिशुलेडाँडातर्फ ढुंगा लोड गर्न जाँदै गरेको लु.४ त १६७२ नम्बरको ट्र्याक्टर भित्री कच्ची सडकखण्डमा अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्र्याक्टरमा सवार मानेभञ्ज्याङ गाउँपालिका-८ रागापुरका ६२ वर्षीय छविलाल तिमल्सेना र २० वर्षीय नवीन पुलामी मगरको घटनास्थलमै मृत्यु भएको हो ।

ट्र्याक्टर चालक २५ वर्षीय मिलन राई तथा सवार २९ वर्षीया तुलसी थापा मगर र २८ वर्षीय भीम बहादुर सार्की सकुशल रहेको प्रहरीले जनाएको छ । चालक राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

संविधान दिवसमा धरानमा एमाले-नेपाली कम्युनिष्ट पार्टीको संयुक्त दीप प्रज्वलन

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । नेपाली जनताको त्याग, बलिदान र संघर्षको फलस्वरूप वि.सं.२०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको

नवआगन्तुक विद्यार्थीको स्वागतमा धरान मेघा हिमालयनको भव्य सांगीतिक कार्यक्रम

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । धरान-१२ मा रहेको मेघा हिमालयन कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीलाई सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरी

सुनसरी र मोरङमा हिजो भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । सुनसरी र मोरङमा हिजो भदौ ३० गते भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । सुनसरीको