नवआगन्तुक विद्यार्थीको स्वागतमा धरान मेघा हिमालयनको भव्य सांगीतिक कार्यक्रम
गणतन्त्र खवर, धरान । धरान-१२ मा रहेको मेघा हिमालयन कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीलाई सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरी स्वागत गरेको छ ।
शुक्रबार धरान-१५ रहेको चुम्लुङ हिममा भएको कार्यक्रममा कक्षा १२ का विद्यार्थीले विभिन्न गीत, नृत्य र सांगीतिक प्रस्तुति दिएका थिए । नयाँ विद्यार्थीलाई कलेजको वातावरणसँग परिचित गराउने उद्देश्यले आयोजित कार्यक्रममा विद्यार्थीबाट २२ वटा गायन तथा नृत्य प्रस्तुति प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको उद्घाटन धरान उपमहानगरपालिकाको शिक्षा महाशाखा प्रमुख ध्रुवराज खड्काले दीप प्रज्ज्वलन गरेर गरेका थिए । कार्यक्रममा बोल्दै उनले विद्यार्थीले नियमित अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि सहभागी हुनुपर्ने बताए । उनले पढाइसँगै व्यवहारिक तथा जीवनमा उपयोगी हुने सीप सिक्न पनि विद्यार्थीलाई आग्रह गरे ।
कार्यक्रममा हाजिरीजवाफ प्रतियोगितालगायत विभिन्न मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरिएको थियो । कलेजले सोही कार्यक्रम अन्तरगत उत्कृष्ट शिक्षकका रूपमा प्रमोद श्रेष्ठलाई सम्मान समेत गरेको छ ।
कलेजका अध्यक्ष राजेश विद्रोहीले अनुभवी शिक्षकको सहयोगमा कलेजले लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए । शैक्षिक क्षेत्रमा निरन्तर सुधार भइरहेकाले विद्यार्थी र अभिभावकको कलेजप्रतिको रुचि बढ्दै गएको उनको भनाइ थियो ।
उनले विद्यार्थीलाई अनुशासनमा रहेर अध्ययन गर्न तथा आफ्नो ज्ञान र सीप विकासमा ध्यान दिन आग्रह गरे । कलेजले विद्यार्थीको पढाइसँगै व्यक्तिगत विकासका लागि आवश्यक वातावरण र सहयोग उपलब्ध गराउने उनले बताए ।
कार्यक्रममा विद्यार्थीका तर्फबाट स्वर्णिम थापा मगरले स्वागत मन्तव्य दिएका थिए । आगन्तुक तथा अभिभावकलाई कलेजका प्रधानाध्यापक एवम धरान प्याव्सन अध्यक्ष दीपक घिमिरेले स्वागत गरेका थिए ।
कलेजका अनुसार चालु शैक्षिक सत्रमा कक्षा ११ मा ५७० जना विद्यार्थी भर्ना भएका छन् । कलेजमा विज्ञान, कम्प्युटर विज्ञान, होटल म्यानेजमेन्ट, कम्प्युटर म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा अध्यापन हुँदै आएको एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरेले जानकारी दिए ।
संविधान दिवसमा धरानमा एमाले-नेपाली कम्युनिष्ट पार्टीको संयुक्त दीप प्रज्वलन
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । नेपाली जनताको त्याग, बलिदान र संघर्षको फलस्वरूप वि.सं.२०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको
इलाम र ओखलढुंगामा सवारी दुर्घटना, तीन जनाको मृत्यु
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । इलाम र ओखलढुंगामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । इलामको देउमाई नगरपालिका-१ साधुगाउँमा बिहीबार जिप
सुनसरी र मोरङमा हिजो भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । सुनसरी र मोरङमा हिजो भदौ ३० गते भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । सुनसरीको

प्रतिकृया दिनुहोस